
आश्चर्य लाग्न सक्छ तपाईंलाई
जीवन डोरीमा अल्झिएको पनि हुनस
तर यो ‘तुइन’ सत्य हो
कसैले विस्थापित गर्न नसक्ने
न कुनै प्रधानमन्त्रीले
न कुनै राजाले
न कुनै सरकारले
र यो झुन्डिरहेको छ
युगौँदेखि
जीवनलाई खिसी गर्दै।
यो पटकको तुइन सत्यले
बज्रपात गरायो
नसामा रगत जमायो
तुइनबाट जीवन तरिरहेको
एक युवा
क्रुर, अमानवीय पहरेदारको
फन्दामा सिकार भयो
कसरी सक्यो उसले
डोरीमा अल्झिएको जीवन चुँडाउन?
कुन दुनियाँको अमानव थियो त्यो?
कुन शासनाधिकारको बलमा
उसले आफ्ना निर्दयी हात चलायो
दशथरि दुख गरेर थोरै सुख कमाउने
एउटा सपनाको निर्मम हत्या गर्न?
उता उसले डोरी रेट्दा यता जीवन
विश्वासको टाउकोमा कुल्चिएर
हातमा आरा बोकेको यमराज
चिताको खरानी अनुहामा दलेर
गर्वका साथ उभिएको छ
यता म आँखामा पिडाको सागर
र हातमा एउटा मैन बालेर थचक्क ब
एउटा मानव, मानवताको टाट पल्टि
कर्तव्य र प्रेमबीचको झिनो पर्खाल
भत्किएपछि
मानव नरहँदो रहेछ।
भातृत्वमाथि क्रुरता विजयी भएप
घाँटी रेटिनु र डोरी रेटिनुबीच
कुनै अन्तर नहुँदो रहेछ।
ए शासकहरु हो!
बन्द गर तुइनहरू
तब न कसैका जीवन रेटिन्नन्
तब न कसैका सपना बग्दैनन्
बस् अब बन्द गर तुइनहरू
अरू सपना तुहिनु अगावै।