अवतरणका क्रममा सिमकोट विमानस्थलमा सीता एयरको विमानको टायर पन्चर्ड

अवतरणका क्रममा सिमकोट विमानस्थलमा सीता एयरको विमानको टायर पन्चर्ड
+
-

सिमकोट– बुधबार बेलुका सीता एयरको डोनियर जहाजको सिमकोट विमानस्थलमा टायर पन्चर्ड भएको छ। सुर्खेतबाट कार्गाेको सामान ढुवानी गरिरहेको जहाज विमानस्थलको रन वेमा अवरण गर्ने क्रममा टायर पन्चर्ड भएको हो।

नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्ध मोहन गिरीका अनुसार रन वेमा ल्यान्ड गरिसकेको जहाजको पार्किङ स्थलमा ल्याउनका लागि विमानस्थलको पश्चिमी क्षेत्रमा मोड्ने क्रममा टायर पन्चर्ड भएको हो। जहाजको पछाडिको टायर पन्चर्ड भएपछि जहाज घिस्रेको थियो।

विमानमा सवार चालक दलका सदस्य सकुशल छन्। यसबाट सम्भावित दुर्घटनाबाट सीता एयर जोगिएको छ। चालक दलका सदस्यहरू मात्र रहेको सीता एयरको नाइन.एन.एएचडी डोनिएर विमान छ। विमानको टायर पन्चर्ड भए पनि अन्य केही क्षति नभएको विमानस्थलले जनाएको छ।

उक्त जहाजलाई मानिस मिलेर टायर पन्चर्ड भएको स्थानबाट घचेट्दै पार्किङ स्थलसम्म ल्याइएको छ। नेपालगञ्ज वा सुर्खेतबाट नयाँ टायर ल्याउने तयारी भइरहेको सीता एयरले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष