काठमाडौँ विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजन्स विषयको पढाइ हुने

काठमाडौँ विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजन्स विषयको पढाइ हुने
+
-

बनेपा – काठमाडौँ विश्वविद्यालयमा पहिलो पटक स्नातक र स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टेलिजेन्स विषय पढाइ हुने भएको छ।

विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङअन्तर्गत कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागले सेप्टेम्बरदेखि दुईवटा नयाँ शैक्षिक कार्यक्रम आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक/एमटेक) विषयमा स्नातक र स्नातकोत्तर कार्यक्रम सुरु गर्ने भएको हो।

विश्वविद्यालयले स्थानीय तथा विश्वव्यापी रूपमा सो क्षेत्रसँग सम्बन्धित विशेषज्ञ उत्पादन गर्ने उद्देश्यले ती विषयको कक्षा सञ्चालन गर्न लागेको स्कुल अफ इन्जिनियरिङअन्तर्गत कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ विभागका डिन प्राडा मनीष पोखरेलले बताए।

‘नेपालमै पहिलोपटक काठमाडौँ विश्वविद्यालयमा यो शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेका हौँ’, उनले भने, ‘हाल भर्ना सिटको कुल संख्या स्नातक तहमा ३० र स्नातकोत्तर तहमा १० छ, पढाइ आवासीय सुविधासहितको हुनेछ।’ इन्टर्नसीपको माध्यमबाट विद्यार्थीलाई परियोजनामा आधारित सिकाइमा व्यावहारिक ज्ञानको अनुभव प्रदान गर्ने विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालले सञ्चालन गर्न लागेको आर्टिफिसियल इन्टेलिजेन्स विषयमा प्रविधि र विधिको प्रयोग गरी कार्यक्रमसँग सम्बन्धित कम्पनी तथा संस्थामा डाटामा आधारित निर्णय कार्यान्वयन गर्न सक्ने र कोर्ससँग सम्बन्धित विद्यार्थीले विभिन्न डाटा विश्षेलण गर्न सक्नुका साथै स्वचालित मेसिन प्रविधि निर्माण गर्न सक्ने दक्ष जनशक्ति उत्पादन हुने प्राडा पोखरेलले बताए।

जुन कार्यक्रम प्राविधिक, आधारभूत प्रोग्रामिङ, कम्प्युटर विज्ञान, गणितको परिचयात्मक पाठ्याक्रमबाट सुरु हुनेछ। सो विषय अध्ययन गरेका विद्यार्थीले आर्टिफिसियल इन्टेलिजेन्स अवधारणाको प्रविधियुक्त ज्ञान सिक्न सक्ने प्राडा पोखरेलले बताए।

दुवै तहमा अध्ययनका लागि चारवर्षे शैक्षिक कार्यक्रमका लागि विद्यार्थीले कुल शुल्क आठ लाख तिर्नुपर्ने छ। त्यस्तै, मास्टर्स अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स अध्ययन गर्ने विद्यार्थीले विभिन्न क्षत्रे जस्तै व्यापार, आर्थिक, सुरक्षा, उद्योग नियन्त्रण र इन्जिनियरिङसँग सम्बन्धित व्यावहारिक जीवनका समस्यासँग जुध्नका लागि आफूले सिकेको कुराको प्रयोगात्मक परीक्षण गर्ने अवसर पाउनेछन्। त्यसका लागि दुईवर्षे शैक्षिक कार्यक्रममा थप शुल्क तीन लाख ९५ हजार निर्धारण गरेको विश्वविद्यालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?