लुम्बिनीको गठबन्धन सरकारमा मन्त्री बनेका शाहीलाई एमालेले सोध्यो स्पष्टीकरण

लुम्बिनीको गठबन्धन सरकारमा मन्त्री बनेका शाहीलाई एमालेले सोध्यो स्पष्टीकरण
+
-

बुटवल – नेकपा एमालेले चार दलीय गठबन्धनलाई सघाएको भन्दै लुम्बिनी प्रदेशका दुई जना सांसदलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ।

एमालेको चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद अजय शाही र तत्कालीन नेकपाको सूर्य चिन्हबाट जितेकी विमला वलीले नयाँ सरकार बनाउन दाबी गरेको निवेदनमा हस्ताक्षर गरेपछि कारबाही प्रक्रिया अघि बढाएको एमाले सचेतक भूमिश्वर ढकालले बताए।

ढकालले शाहीलाई लिखित स्पष्टीकरण सोधेका छन् भने वलीलाई पार्टी अध्यक्ष केपी ओलीले पठाएको स्पष्टीकरण यसअघि नै बुझाएको उनले बताए।

सांसद वलीलाई यसअघि स्पष्टिकरण सोधिए पनि चित्तबुझ्दो जवाफ नआएपछि कारबाहीको प्रक्रिया अघि बढाएको ढकालले बताए।

एमालेले बहिस्कार गर्ने भनेको प्रदेशसभाको विशेष अधिवेशनमा उपस्थित शाही चार दलीय गठबन्धनको सरकारमा विनाविभागीय मन्त्री बनेका छन्।

नवलपरासी पश्चिम–१ ख बाट सूर्य चिन्हबाट चुनाव जितेका उनले वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर अर्को दिन फिर्ता लिएको जनाएका थिए।

उनीसँगै विपक्षी गठबन्धनमा लागेका कपिलवस्तुका धर्मबहादुर लाल श्रीवास्तव एमाले फर्केर मन्त्री बनेपछि शाही असन्तुष्ट रहेका थिए। हृदयेश त्रिपाठीनिकट शाहीले आफू सूर्य चिन्हबाट चुनाव लडेपनि स्वतन्त्र सांसद रहेकाले गठबन्धनमा सहभागी भएको बताए।

उनले भने, ‘सूर्य चिन्हबाट चुनाव जितेपनि म स्वतन्त्र सांसद हो, त्यसैले मैले गठबन्धनलाई समर्थन गरेको हुँ मलाई एमालेले कारबाही गर्ने भन्ने कुरा हुँदैन, यदि कारबाही गर्ने नै कुरा आएमा म अदालत जान्छु।’

एमालेले कारबाही गर्ने भनेकी वलीले यसअघि नै पत्रकार सम्मेलन गरी माओवादी रोजेको जानकारी गराएकी थिइन्।

उनले आफूलाई मुख्यमन्त्री पोखरेल निवासमा ‘बन्धक’ बनाएर एमालेले पूराना माइन्युट र विज्ञप्तिहरुमा हस्ताक्षर गर्न बाध्य बनाएको आरोप लगाएकी थिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?