लुम्बिनीमा प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान, विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

लुम्बिनीमा प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान, विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी
+
-

बुटवल – लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान भएको छ।

प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते मंगलबार १ बजे बस्ने गरी नवौं अधिवेशन आह्वान गरेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन्। प्रदेशमा संविधानको धारा १६८(२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

आह्वान भएको अधिवेशनमा मुख्यमन्त्री केसीले विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री केसीले भने-‘हामीले आह्वान भएको अधिवेशनमै छिटै नै विश्वासको मत लिनेछौँ, ढिला गर्दैनौँ।’

विश्वासको मत लिएर मन्त्रिमण्डल बिस्तार र गठबन्धन सरकारका साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी सरकारले गरेको छ। संघीय सरकारमा जसरी नै लुम्बिनीमा गठबन्धन सरकारले साझा कार्यक्रम ल्याउने बताएको छ।

यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई संसोधन गरेर ल्याउने र कार्यक्रमहरु पनि संसोधन गर्ने मुख्यमन्त्री केसीले जनाएका छन्।

‘बजेट र नीति कार्यक्रम संसोधन त स्वभाविक हिसाबले हुन्छ। त्यसलाई अन्यथा लिनुपर्दैन। जुन पार्टीले संविधानको सर्वोच्चतालाई अपहेलना गरेर अध्यादेशबाट जारी गरियो, त्यो त गलत मनसाय नै भयो’, उनले भने’, ‘संघीय सरकारले पनि त्यसो गर्‍यो र नयाँ गठबन्धन सरकारले त्यसलाई प्रतिस्थापन गर्दैछ। यहाँ त पेश गर्ने अनि भागेर हिड्ने गरेको हो, त्यसको त तपाइँहरु आफै साक्षी हुनुहुन्छ, यो त लोकतान्त्रिक अभ्यासभित्र पर्दैन। यो त जनताको निर्वाचित संस्थाले यसलाई सिस्टममा ल्याउनुपर्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?