
इज्जत पनि गल्दै गइ फाँडो भयो अहिले
छाति भित्र पसि घोच्ने काँडो भयो अहिले।।
उतिखेर भाँडो थियो भात पकाए त्यस्मा
फुटि फुटि चोइटिएर ठाँडो भयो अहिले।।
टाटे पाङ्ग्रे जोसुकैको गुण गाउने चलन
गाथाको भाका हाल्दा खाँडो भयो अहिले।।
सान मान खुबै थियो सलाम ठोक्थे सबले
पद मान तर्साइ खाने भाँडो भयो अहिले।।
समथर ठान्दै दौडिए निन्द्राको झोकमा
ब्युँझिएर आँखा हेर्दा डाँडो भयो अहिले।।
रमाइ वरि चलाउँथे आफ्नै रिति रिवाज
बेढङ्गको देखासिकि चाँडो भयो अहिले।।
पहिले पहिले खुशी माने टुक्रा टुक्रा पार्दा
थामि नसक्नु वजनले घाँडो भयो अहिले।।