फाेटाे फिचर

बसन्तपुर गाईजात्राका १५ तस्बिरहरु

बसन्तपुर गाईजात्राका १५ तस्बिरहरु
+
-

काठमाडाैँ – प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा (आज) मनाईँदै छ।

गाईजात्राका अवसरमा सोमबार बसन्तपुर क्षेत्रमा झरीकैबीच मानिसहरुको उल्लेख्य सहभागिता देखिएको छ।

नेवारी समूदायले दिवंगत आफन्तको सम्झनामा मनाउने गाइजात्रा पर्व मनाउने गरेका छन्। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ ।

आजका दिन गाई वा मानिसलाई गाईको रुपमा सिँगारेर आफ्नो क्षेत्रमा परिक्रमा गर्ने चलन छ। यसरी मानिसलाई गाईको रुपमा सिँगारेर नगर वा आफ्नो क्षेत्र परिक्रमा गर्नाले वर्षदिन भित्र दिवंगत भएकाहरुले धर्मशास्त्रमा वर्णित वैतरणी नदी सहजै पार गर्न सक्छन् भन्ने धार्मिक मान्यता रही आएको छ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हांस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ।

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रसाद भएर जानुपर्ने प्रथा अहिलसम्म पनि जारी छ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका तस्बिरहरु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?