लाप्चा जान सदगुरुले प्रयोग गर्ने मोटरसाइकल हवाईमार्गबाट सिमकोट आइपुग्यो

लाप्चा जान सदगुरुले प्रयोग गर्ने मोटरसाइकल हवाईमार्गबाट सिमकोट आइपुग्यो
+
-

सिमकोट– लाप्चा क्षेत्र जान सदगुरुका लागि हवाईजहाजमार्फत मोटरसाइकल हुम्ला ल्याइएको छ। नेपाली भुमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाश दर्शन गर्न सदगुरु आउने भएपछि मोटरसाइकल सिमकोट ल्याइएको हो।

सदगुरुका लागि प्रयोग गर्न मोटरसाइकल हवाई मार्गबाट ढुवानी तिरेर सिमकोट झारिएको पर्यटन व्यवसायी विजय लामाले बताए। ‘पैदल मार्ग सुरु भएपछि गुरुले ठाउँ र अवस्था हेरी मोटरसाइकलमा यात्रा गर्नुहुनेछ,’ उनले भने।

उनले थपे, ‘सिमकोटबाट सुरुमा पैदल यात्रा गर्ने तयारी गरिएको छ। त्यसपछि सडकको अवस्था हेरी मोटरसाइकलमा पनि सदगुरु सवार हुनुहुनेछ। त्यसैगरि सिमकोटबाट लाप्चासम्म कच्ची सडक भएको कारण बीचमा बोलेरो जीपमा पनि सदगुरुलाई सवार गर्ने तयारी गरिएको छ।’

उकालो क्षेत्रमा घोडा पनि चढाउने व्यवस्था गरिएको छ। लाप्चा पुग्ने यात्राका लागि दश दिनको समय व्यवस्था गरिएको छ। एउटा बास बस्ने स्थानमा टोली दुई रात बिताउने छ। प्रतिदिन चारदेखि पाँच घण्टा मात्र टोलीले यात्रा गर्नेछ। एघारौँ दिनमा लाप्चा पुगेर सदगुरुसहितको ४९ जना धार्मिक पर्यटकहरुले मानसरोवर कैलाशको दर्शन गरेर सिमकोट फिर्ता हुने कार्यक्रम तय गरिएको छ।

काठमाडौँबाट सिधै हेलिकोप्टरमा मंगलबार आउने कार्यक्रम रहेको भएपनि काठमाडौँको खराब मौसमका कारण उडान हुन सकेको छैन।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’