विराटनगरमा ऋषिदेव समुदायका लागि एकीकृत नमुना बस्ती निर्माण सुरु

विराटनगरमा ऋषिदेव समुदायका लागि एकीकृत नमुना बस्ती निर्माण सुरु
+
-

मोरङ – तराई क्षेत्रमा बसोवास गर्दै आएका विपन्न समुदाय ऋषिदेवका लागि विराटनगरमा महानगर आवास योजनाअनुरूप एकीकृत बस्ती निर्माण सुरु भएको छ।

नेपाली कांग्रेस प्रदेश १ प्रदेश सभाका प्रमुख सचेतक केदार कार्कीको नेतृत्वमा महानगरपालिका, सहारा नेपाल, जीवन विकास समाज र ह्याविट्याट फर नेपालसहितको साझेदारीमा महानगर आवास योजनाअनुरूप काम सुरु भएको हो।

बुधबार एक कार्यक्रमका अवसरमा प्रमुख सचेतक कार्कीले योजनाअनुरूप १ सय ४५ वटा घर निर्माण हुने जानकारी दिए। सम्पन्न बस्तीका नाममा निर्माण सुरु भएको जानकारी दिँदै कार्कीले बस्ती क्षेत्रमा शिक्षा, स्वास्थ्य, विद्युत्, बाटो, खानेपानीलगायत आधारभूत पूर्वाधारसमेत निर्माण गरिने बताए।

कार्यक्रममा सम्पन्न बस्ती विकास समितिअन्तर्गत आर्थिक समिति संयोजक अरुण न्यौपानेले स्मार्ट सिटीअन्तर्गत बस्ती निर्माण अघि बढाइएको जानकारी दिए।

प्रत्येक घरधुरीको भौतिक संरचनाका लागि ४ लाख रुपैयाँ खर्च आउने बताएका संयोजक न्यौपानले महानगरपालिकाबाट १ करोड रुपैयाँ उपलब्ध हुने बताए।

दाता तथा सहयोगीको साथबाट निर्माण गरिने बस्तीमा प्रमुख सचेतक कार्की, महानगर प्रमुख भीम पराजुली र संयोजक न्यौपानेले समान १ घर निर्माण गरिदिने उल्लेख गरे।

उनले भने, ‘व्यक्तिगत र दाताबाट सहयोग जुटाउन हामीले आह्वान गरेका छौँ। यसका लागि कृषि विकास बैंकमा सम्पन्न बस्ती विकास समितिको ०६०१८०१९४७९४४०१० खातामा सहयोग गर्न आग्रह गरेका छौँ।’

कार्यक्रममा बस्ती अगुवा कौशिला ऋषिदेवले आफूहरूलाई घर उपलब्ध गराउन थालेको प्रयासले पिछडिएको समुदायमा खुसियाली छाएको सुनाइन्।

सुकुम्बासी र अर्काको जमिनमा माटोको घर बनाएर बस्दै आएका ऋषिदेवलाई बस्ती निर्माणपछि सहज हुने उनको भनाइ छ।

त्यसैगरी, महानगरपालिका सामाजिक विकास अधिकृत पुनम दाहालले महानगरपालिका–१२, मनलवा टोलमा निर्माण हुने बस्ती ३ बिघा १६ कठ्ठा ५ धुर क्षेत्रफलमा फैलिएको जानकारी दिए। महानगरपालिकाले प्रदान गर्ने १ करोडमध्ये ९० लाख रुपैयाँ नगद र १० लाख श्रमदानका रूपमा जुट्ने जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?