फोटो फिचर

पाटन कृष्ण मन्दिरमा बाहिरबाटै पूजा–आराधना गर्दै भक्तजनहरु

पाटन कृष्ण मन्दिरमा बाहिरबाटै पूजा–आराधना गर्दै भक्तजनहरु
+
-

काठमाडौँ – श्रीकृष्ण जन्माष्टमी पर्व सोमबार देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरि श्रद्धा–भक्तिपूर्वक मनाईँदै छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रतसहित रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ ।

जन्माष्टमीका दिन पाटनको मङ्गल बजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ । यस वर्ष भने नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका कारण पूजा विधि मात्र गरिने जनाइएको छ ।

ललितपुर महानगरपालिकाले सूचना प्रकाशन गरि भक्तजनलाई दर्शन गर्न नदिने जानकारी जनाएको थियो । तर मन्दिर सर्वसाधारणका लागि खुला नभए पनि सीमित मात्रामा भक्तजनहरु बाहिरैबाट पूजा आराधनाका लागि पुगेका छन् ।

बाहिरबाटै दर्शनका लागि पुगेकाहरुलाई मास्क अनिवार्य गरिएको छ । प्रहरी खटिएका छन् र ठाउँठाउँमा सचेतनाका सूचनाहरु पनि राखिएका छन् ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले सोमबार बिहानै पाटन कृष्ण मन्दिर क्षेत्रमा देखिएको चहलपहलका केही तस्बिरहरु खिचेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?