
काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको कृष्ण प्रणामी मन्दिरमा भक्तजनले बाहिरबाटै दर्शन तथा पूजाआजा गरेका छन् ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा सोमबार बिहानैदेखि भक्तजनहरु पूजाआजाका लागि गोठाटार स्थित श्री कृष्ण प्रणामी मन्दिर पुगेका छन् ।
बिहान केहीबेर भगवान कृष्णको मूर्ति दर्शनार्थीको सहजताका लागि मन्दिर बाहिर राखिएको थियो । केही समय दर्शनार्थीलाई बाहिरै मूर्तिमा पूजा गर्न दिइए पनि केही समयपछि भित्र लगिएको हो ।
कोरोना भाइरसको महामारीका कारण संक्रमण फैलिन नदिने भन्दै मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छैन । सोही कारण भक्तजनले बाहिरबाटै पूजाआजा गर्न दिइएको हो । प्रायः दर्शनार्थीले मास्क लगाएका थिए ।
देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले सोमबार कृष्ण जन्माष्टमीको अवसरमा कृष्ण प्रणामी मन्दिरमा देखिएको दृश्य केही तस्बिरमा समेटेकी छन् ।