गृहमन्त्री टोलीले हेलिकप्टरमा गर्‍यो बाढीग्रस्त क्षेत्रको भ्रमण

गृहमन्त्री टोलीले हेलिकप्टरमा गर्‍यो बाढीग्रस्त क्षेत्रको भ्रमण
+
-

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँडको संयोजकत्वको टोलीले हालैको मनसुनजन्य विपद्बाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र मेलम्ची क्षेत्रको शनिबार हेलिकप्टरबाट भ्रमण गरेको छ।

टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङ, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, प्रदेश सभा सदस्यद्वय निमा लामा, युवराज दुलाल, गृहसचिव टेकनारायण पाण्डे, अन्य सरकारी प्रतिनिधि सहभागी थिए।

मन्त्री खाँडले मनसुनजन्य विपद्का कारण मृत्यु भएका व्यक्तिहरूलाई हार्दिक श्रद्धाञ्जली र परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गरे।

टोलीले मनसुनजन्य विपद्बाट हेलम्बु, मेलम्चीलगायत सिन्धुपाल्चोकका विभिन्न स्थानमा भएका क्षतिको लेखाजोखा, प्रभावकारी प्रतिकार्य, पीडित परिवारलाई राहत, घाइतेको उपचार, जोखिमयुक्त बस्तीको स्थानान्तरणका र भौतिक संरचना, पूर्वाधारहरूको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सरकार प्रतिबद्ध रहेको जानकारी गराएको थियो।

मन्त्री खाँडले सम्पूर्ण सरोकारवाला निकायहरूलाई संवेदनशील भएर तत्काल उल्लिखित कार्यहरु प्राथमिकतासाथ अघि बढाउन निर्देशन दिए।

मन्त्री खाँडलगायतको टोलीले शनिबारै उदयपुर जिल्लाको बेलका नगरपालिकामा कोसी नदीले गरिरहेको कटान तथा उक्त कटानका कारण नदीको बहाव परिवर्तन भई हुन सक्ने क्षति तथा जोखिमका सम्बन्धमा र धनुषा जिल्लाको सबैला नगरपालिका–१३ को किरतपुर र वडा नम्बर ४ को पटेर्वा भन्ने स्थानमा कमला नदीले तटबन्ध बगाई नदीको बहाव परिवर्तन भईरहेको क्षेत्र समेतको स्थलगत अवलोकन गरेको छ।

मन्त्री खाँडले कमला नदीको बहाव नियन्त्रण र रोकथामका लागि सरकारले प्राथमिकतासाथ कार्य गरिरहेको बताए।

साथै संघ, प्रदेश र स्थानीय तह समेतको समन्वयमा जोखिमयुक्त बस्तीको सुरक्षित स्थानान्तरण, क्षतिग्रस्त आवासहरूको पुनर्निर्माण तथा तटबन्धको पुनर्निर्माण र प्रवलीकरण गरी विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्ने कार्यमा सरकारको प्रतिबद्धता व्यक्त गरे।

मन्त्री खाँडले विपद् जोखिम न्यूनीकरणका लागि जिल्ला, स्थानीय स्तर र समुदायबाट भएका प्रयासको उच्च मूल्यांकन गर्दै भविष्यमा समेत समग्र समुदायको अवधारणामा रहेर विपद् जोखिम न्यूनीकरणमा जुट्न आह्वान गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?