
काठमाडौँ – लगातारको वर्षाका कारण बागमती नदीमा पानीको बहाव बढेको छ । काठमाडौँ उपत्यकासहित आसपासको क्षेत्रमा आइतबार रातिदेखि नै लगातार पानी परेको छ ।
लगातार परेको पानीका कारण बागमतीसहितका नदी तथा खोलाहरुमा बहाव बढेको हो। नदी पासपासका बस्तीहरुमा बाढी पसेको छ ।
विशेष गरि नदी किनारका सुकुम्बासी बस्तीका घरमा पानी पसेर जनजीवन प्रभावित भएको हो।
देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले उर्लिएको बागमतीका केही तस्बिर खिचेकी छन्।