किन भयो काठमाडौँमा भारी वर्षा ?

किन भयो काठमाडौँमा भारी वर्षा ?
+
-

काठमाडौँ – काठमाडौँ उपत्यका र आसपासको क्षेत्रसहित बागमती प्रदेशका केही क्षेत्रमा आइतबार रातिदेखि नै भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको पूर्वानुमान महाशाखाका अनुसार राति र सोमबार बिहान काठमाडौँ उपत्यका र आसपासका क्षेत्र तथा बागमती प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा भएको छ ।

मौसमविद् मीनकुमार अर्यालले भने, ‘आइतबार रातिदेखि बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा आयो, त्यसले न्यूनचापीय क्षेत्र विकास भयो । यस्तै स्थानीय वायुका कारण स्थानीय मौसमी प्रणाली विकास भयो । ती दुवैको मिश्रित प्रभावका कारण मेघगर्जनसहित वर्षा भएको हो ।’

उनले अघि भने, ‘बागमती प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ भने केही स्थानमा भारी वर्षा समेत रेकर्ड भएको छ ।’

पछिल्लो १२ घण्टामा भक्तपुर नगरकोटमा १२२.८ मिलिमिटर वर्षा भएको छ । यस्तै काठमाडौँको सुन्दरीजलमा ८६.२ मिलिमिटर, काठमाडौँको बुढानिलकण्ठमा ७८.६, बबरमहलमा ७९.६ तथा नुवाकोटको ककनीमा ६५ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकाबाट उत्तर सिन्धुपाल्चोकको सरमथाङमा ९५.६ मिलिमिटर तथा धापमा ९५ मिलिमिटर वर्षा भएको मौसमविदले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हावापानी विश्लेषण शाखाकी सिनियर डिभिजनल मेटेरोलोजिष्ट डा. इन्दिरा कडेलका अनुसार केही स्थानमा भारी वर्षा भएको देखिएको छ । उनले भनिन्, ‘तर यसअघि परासी, कपिलवस्तुसहितका क्षेत्रमा जस्तो ठूलो भने होइन ।

१०० मिलिमिटर वा त्यो भन्दा बढी पानी केही स्थानमा परेको देखिएको छ । काठमाडौँ विमानस्थलमा १२१.५ मिलिमिटर पानी परेको छ ।

यो वर्ष मनुसनु सुरु भएदेखि नै लगातार जस्तो पानी परेको छ । केही स्थानमा आरीघोप्टे पानी परेका कारण अप्रत्याशित रुपमा ठूलो भौतिक तथा मानवीय क्षतिका घटना भएका छन् ।

यो पनि पढ्नुहोस्

उर्लियो बागमती (तस्बिरहरु)

उर्लियो बागमती (तस्बिरहरु)

लगातारको झरीले डुबायो जडिबुटीको बस्ती (तस्बिरहरु)

लगातारको झरीले डुबायो जडिबुटीको बस्ती (तस्बिरहरु)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?