तीजले गर्दा भरिभराउ छन् न्युरोड र असनका पसल

तीजले गर्दा भरिभराउ छन् न्युरोड र असनका पसल
+
-

काठमाडौँ– नेपाली हिन्दु नारीको महान् पर्व हरितालिका तीज हरेक वर्षझैं यस वर्ष पनि घुमेर आएको छ। तीज नजिकिँदै गर्दा बजारमा किनमेलका लागि महिलाहरुको भीड देखिए पनि सामान्य अवस्थामाभन्दा निकै कम छ।

तर पनि तीजको माहोलले गर्दा न्यूरोड, असनका सारी, श्रृङ्गार, गहना पसल तथा पोतेका पसल भरिभराउ देखिन्छन्।

सरकारले पूर्ण रुपमा लकडाउन खोलेपछि ग्राहकहरु आउन थालेको न्यूरोडका गहना व्यापारी सञ्जीव श्रेष्ठ बताउँछन्।

उनका अनुसार ग्राहकहरु भौतिक रुपमाभन्दा बढी अनलाइनमा आउने गरेका छन्। ‘अहिले हाम्रो पसलमा भन्दा बढी बिक्री अनलाइनबाट हुन्छ’, उनले भने, ‘कोरोनाको कारणले अनलाइनमै बढी अर्डर आउँछ।’ अनलाइनमा अर्डर आउने भएकाले पसलमा ग्राहकहरु घटेको उनी बताउँछन्।

भौतिक रुपमा ग्राहक नभए पनि अहिले व्यापार राम्रै भइरहेको पनि उनी बताउँछन्। ‘पहिले जस्तो त व्यापार छैन। तर खुलेकोले अहिले अलि राम्रै छ’, उनले भने, ‘५० प्रतिशत जति व्यापार हुन्छ।’ तर सामान्य वर्षहरुमा भने तीजका समयमा निकै व्यापार हुने गरेको उनले बताए।

कोरोना महामारीले गर्दा गतवर्षदेखि बजार प्रभावित छ। महामारीका कारणले सरकारले कहिले बजार बन्द गर्ने र समय अनुकूल खोल्ने गरेको छ।

गतवर्ष पनि तीजका समयमा लकडाउन भए पनि तीजकै लागि निश्चित अवधिका लागि बजार खोलेको थियो। तर अहिले सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा ५ महिनादेखि जारी निषेधाज्ञा पूर्ण रुपमा भदौ १७ देखि हटायो। जसका कारणले पनि बजार सकरात्मक देखिएको छ। सरकारको यस कदमले आफूहरुलाई राहत मिलेको मखन टोलका सारी व्यापारी भुपाल श्रेष्ठ बताउँछन्।

विगत लामो समयदेखि मखन टोलमा सारीको व्यापार गर्दै आएका श्रेष्ठले लकडाउनका कारणले आफूहरुले निकै दुःख पाएको बताए। ‘पहिले जस्तो व्यापार नभए पनि अलि–अलि भएको छ। लकडाउनले गर्दा निकै दुःख भयो’, उनले भने, ‘जम्मा गरेको पैसाले घर चलायौँ। त्यो पनि सकियो। झण्डै सरकारले लकडाउन खोल्यो। अब व्यापार हुन्छ कि?’

नजिकै तीज आएकाले राम्रो व्यापार हुने आशा गरेको पनि श्रेष्ठ बताउँछन्।

उनकै जस्तै आशा न्यूरोडका पोते व्यापारी नियाजुद्दिनको छ। कोरोनाले खाएको बजार निषेधज्ञा पुरै खुलेपछि राम्रो हुने उनी बताउँछन्। यस्ता चाडपर्वमा पोतेको बिक्री बढी हुने भएकाले अब व्यापार बढ्ने उनको भनाइ छ।

‘लकडाउन पुरै खोलेर राम्रो भयो। लकडाउनका बेला धेरै गाह्रो भयो नि हामीलाई। बिहान कमाएर बेलुका खानेलाई धेरै गाह्रो छ’, उनले भने, ‘कोरोनाले ५० प्रतिशतले घटेको छ।’

आफूहरुको व्यापार बढ्ने देखिए पनि २५ प्रतिशत व्यापार भने गहना पसलले घटाएको उनको आरोप छ। ‘कारोनाको कारणले ५० प्रतिशत व्यापार उसै घटेको छ। त्यसमा पनि २५ प्रतिशत व्यापार गहना पसलले खाइदिएको छ। प्रत्येक गहना पसलमा पोते हुन्छ। ग्राहकहरु गहना बनायो। उतैको पोते प्रयोग गर्छन्।’

उनले थपे, ‘गहना पसलले हामीसँग चाइनिज पोते ३/४ सयमा लग्छ। र आफ्नो पसलमा ग्राहकहरुलाई तिलहरीको २ हजारदेखि २५ सयसम्म लिन्छ भने छड्के तिलहरीको ३/४ हजारमा बेच्छन्। उनीहरुको ४/५ जना स्टाफको खर्च पोतेबाटै आउँछ।’

आफूहरुले छड्के तिलहरीका लागि पोतेको ५ सयदेखि १५ सय रुपैयाँ लिने गरेको उनले बताए। सो मूल्य पोते बजारमा समान छ। उनी विगत २६ वर्षदेखि पोते व्यवसाय गर्दै आएका छन्। उनका यो पुर्ख्यौली व्यापार हो।

उनको जस्तो अन्जना तुलाधरको पर्ख्यौली व्यापार होइन। तर उनी पनि लामो समयदेखि असनमा सारीको व्यापार गर्दै आएकी छन्। उनी पनि अन्य व्यवसायी जस्तै राम्रो व्यापार हुनेमा आशावादी छिन्।

सरकारले पूर्ण रुपमा निषेधाज्ञा हटाएपछि राम्रो व्यापार हुने उनी बताउँछिन्। अहिले तीजका कारण पहिलेजस्तो व्यापार नभए पनि कोरोनाका बेला राम्रै व्यापार भइरहेको उनी बताउँछिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?