विपन्न विद्यार्थीलाई हाइड्रोपावर इञ्जिनियरिङ पढाउँदै मेरिङदेन गाउँपालिका

विपन्न विद्यार्थीलाई हाइड्रोपावर इञ्जिनियरिङ पढाउँदै मेरिङदेन गाउँपालिका
+
-

फुङ्लिङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विपन्न परिवारका विद्यार्थीलाई हाइड्रोपावर इञ्जिनियरिङ पढाउने भएको छ। पछिल्लाे समयमा हाइड्रोपावर क्षेत्रमा राम्रो अवसर भएकाले गाउँपालिकाले विपन्न विद्यार्थीलाई हाइड्रो इञ्जिनियरिङ पढाउने भएको हो।

सदरमुकाम फुङ्लिङ–३ स्थित बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा तीनवर्षे डिप्लोमा तह हाइड्रोपावर इञ्जिनियरिङ पढाइने गाउँपालिकाले जनाएको छ। विपन्न परिवार तर जेहेन्दार एक छात्रा र एक छात्र गरी दुई जनालाई इञ्जिनियरिङ पढाइने गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताए।

जिल्लामा जलविद्युत् आयोजना धेरै निर्माण हुने क्रममा रहेकाले हाइड्रोपावर क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न गाउँपालिकाले हाइड्रोपावर इञ्जिनियरिङ शिक्षामा लगानी गर्ने बराइलीले बताए।

गाउँपालिकाको २०७८/७९ को नीति तथा कार्यक्रममा चालु शैक्षिक सत्रदेखि विपन्न परिवारलाई इञ्जिनियरिङ पढाउने  व्यवस्था गरिएकाे छ। साेहीअनुसार विपन्न परिवारका दुई विद्यार्थीलाई हाइड्रोपावर इञ्जिनियरिङ पढ्न इच्छुक विद्यार्थीलाई गाउँपालिकाले सहयोग गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख भीमप्रसाद पौडेलले बताए।

आगामी शैक्षिक सत्रहरुमा पनि गाउँपालिकाको नीति तथा कार्यक्रममा अन्य प्राविधिक धारका विषयमा पनि छात्रवृत्ति उपलब्ध गराउने योजना रहेको शिक्षा शाखाले जनाएको छ।

हाइड्रोपावर इञ्जिनियरिङ पढ्नका लागि प्रवेश शुल्क प्रतिव्यक्ति रु ३३ हजार शुल्क लाग्ने र मासिक रु पाँच हजार ५०० शुल्क लाग्ने विद्यालयका प्रधानाध्यापक रामचन्द्र दाहालले बताए। रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?