फोहोर व्यवस्थापनमा साझेदारी गर्न बुटवल र सैनामैना सहमत

फोहोर व्यवस्थापनमा साझेदारी गर्न बुटवल र सैनामैना सहमत
+
-

बुटवल– फोहोर व्यवस्थापन गर्न नसकेपछि चर्को आलोचना खेपिरहेका रुपन्देहीका दुई नगरले फोहोर व्यवस्थापनमा साझेदारी गर्ने सहमति गरेका छन्।

शून्य फोहोरको अवधारणाका साथ रुपन्देहीका बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाले छिमेकका अरु पालिकालाई समेत समेटेर एकीकृत प्रशोधन केन्द्र निर्माण गर्ने गरी सहमति गरेका छन्।

योजनाअनुसार केन्द्रमा फोहोरको प्रकृति अलग अलग गरेर प्रशोधन गर्ने, मल निकाल्ने, बायोग्यास निकाल्नेलगायतका प्लान्ट जडान हुनेछ।

झण्डै १६ वर्षअघि स्थायी प्रशोधन केन्द्र बनाउने योजना असफल भएपश्चात् यी दुई नगरले आपसी साझेदारीमा काम गर्ने गरी सहमति गरेका हुन्।

फोहोरमैलालाई जैविक र अजैविक छुट्याई कम्पोष्टिङ मल तयार गर्ने एवं वैकल्पिक ऊर्जासमेत उत्पादन गर्ने योजनाका साथ बुटवल, सैनामैना, कञ्चन गाउँपालिकाका बीचमा छलफल चलिरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए।

‘यस्को उपयुक्त केन्द्र खोजी भइरहेको छ र प्रस्तावित जग्गामा प्राविधिक अध्ययन भइरहेको छ,’ प्रमुख सुवेदीले भने, ‘अब फोहोर उठाउने फाल्ने र पुर्ने वा जलाउने गरेर होइन, उचित प्रशोधन गरेर बहुउपयोग गरिने छ।’

उनले लगानीका लागि सार्वजनिक, निजी र सहकारीको माध्यम अपनाउन सकिने गरि छलफल जारी रहेको पनि उल्लेख गरे।

अरु पालिकाका बीचमा पनि छलफल चलिरहेको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए।

‘फोहोर थुपार्ने भन्दा पनि फोहोरलाई प्रशोधन गरेर बहुउपयोगमा ल्याउने गरी प्रशोधन केन्द्रको स्थापना गर्ने हो, यस्तो प्रशोधन केन्द्र विश्वका धेरै मुलुकमा प्रभावकारी रहेको पाइएको छ,’ प्रमुख कार्कीले भने, ‘त्यस्तै प्रविधिको प्रयोग गरेर फोहोरको आधुनिक व्यवस्थापन गरिने छ।’

वातावरण तथा पर्यावरणको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले अब फोहोरको प्रकृत्ति छुट्टाएर जैविक मल उत्पादन गर्ने तथा बायो ग्यास निकाल्ने कामको विकल्प नरहेको बताए।

प्राङ्गारिक मलसमेत उत्पादन हुने भएकाले यस क्षेत्रका किसानले स्वस्थ र अग्र्यानिक तरकारी वा कृषिजन्य उपभोग्य वस्तु उत्पादनमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए।

बुटवलमा ६० टन, सैनामैनामा ३५ टन र कञ्चन गाउँपालिकामा २० टन फोहोर दैनिक रुपमा संकलन हुँदै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?