खोप लगाएपछि ढुक्कले परीक्षा दिने तयारीमा विद्यार्थी

खोप लगाएपछि ढुक्कले परीक्षा दिने तयारीमा विद्यार्थी
+
-

दाङ – यामसरी रोका कक्षा १२ को परीक्षा दिने तयारीमा छिन्। भदौ ३० गतेबाट परीक्षा सुरु हुँदै छ। कक्षा १२ का विद्यार्थीलाई लक्ष्य गरेर कोरोनाविरुद्धको खोप लगाउने अभियान चलेपछि उनले पनि लगाउन पाइन्। घरपरिवारमा बुवा–आमा, हजुरबुवा–हजुरआमा सबैले खोप लगाइसकेका छन्। खोप लगाएर ढुक्कले परीक्षा दिने वातावरण बनेको उनले बताइन्।

‘मनमा धुकचुक थियो। खोप पाइन्छ कि पाइन्न भनेर। खोप लगाउन पाइयो,’ उनले भनिन्, ‘यसैगरी सबै विद्यार्थीले खोप लगाएर विद्यालय लगातार खोल्ने दिन आउँछ कि भन्ने आशा छ।’

दिलीप पुनलाई खोप लगाउन नपाउँदा कोरोना लाग्छ कि भन्ने डर थियो। तर, अब खोप लगाइसकेपछि आत्मबल बढेको उनले सुनाए।
‘कोरोना लाग्छ कि भन्ने ठूलो डर थियो। खोपले आत्मबल बढायो’, उनले भने, ‘अब त ढुक्कले जाँच दिने हो।’

दाङमा यामसरी र दिलीपसहित करिब १० हजार विद्यार्थीले कोरोना विरुद्धको खोप लगाउँदै छन्। आइतबार र सोमबार कक्षा १२ का नियमित र आंशिक परीक्षामा सहभागी हुने परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप लगाइँदै छ। कोरोना विरुद्धको एस्ट्राजेनेका खोप लगाइन लागेको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए।

जिल्लाका १० वटा स्थानीय तहमा २९ खोप केन्द्रबाट परीक्षार्थीलाई एस्ट्राजेनेका खोप लगाउन थालेकोे स्वास्थ्य कार्यालयका प्रमुख शाहीले बताए।

आइतबार घोराही, तुलसीपुर, गढवा, राप्ती, बबई, शान्तिनगर, बंगलाचुली, दंगीशरणमा आइतबार खोप सञ्चालन भएको छ भने लमहीमा सोमबार खोप लगाइनेछ।

घोराहीमा तीन हजार आठ सय ४६, तुलसीपुरमा तीन हजार तीन सय ८९, लमहीमा नौ सय ९९, राप्ती गाउँपालिकामा सात सय ११, बबईमा एक सय ९१, बंगलाचुली गाउँपालिकामा ५२, दंगीशरणमा ८७, गढवामा चार सय ५८, राजपुरमा एक सय ३३ र शान्तिनगरमा दुई सय ९१ गरी १० हजार एक सय ५७ जना परीक्षार्थीलाई कोरोना विरुद्धको खोप लगाइँदै छ।

खोप १८ वर्ष पुगेका र कक्षा १२ को आंशिक तथा नियमित परीक्षा दिने परीक्षार्थीलाई मात्रै लगाउन लागिएको हो। खोप लगाउने व्यक्तिले अनिवार्य प्रवेश पत्र ल्याउनुपर्ने बताइएको छ। भदौ ३० गतेबाट कक्षा १२ का परीक्षार्थीले होम सेन्टरबाटै परीक्षा दिन थालेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?