पोखरा- नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्दले तीन बुँदे सहमतिप्रति इमानदार बन्न सरकारलाई आग्रह गरेका छन्।
बुधबार पोखरामा आयोजित अखिल क्रान्तिकारीको २२औँ अधिवेशनलाई सम्बोधन गर्दै चन्दले सरकारले आफैँले गरेको सहमति कार्यान्वन नगरेर धोका दिएको बताए।
नेकपा गत फागुन २० गते तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे लिखित सहमित गरेर प्रतिबन्धित अवस्थाबाट खुला राजनीतिमा आएको थियो। उनले अझै पनि आफ्ना डेढ सय कार्यकर्तालाई सरकारले जेलबाट नछाडेको गुनासो गरे।
उनले भने, ‘सहमति गर्ने तर कार्यान्वन नगर्ने किन? हामीलाई अप्ठेरोमा पार्न खोजिएको हो? हामी तीन बुँदे सहमितप्रति इमानदार छौँ। तर सरकार पालना गर्न तयार छैन।’
उनले आफूमाथि शर्तमाथि शर्त राख्न खोजिएको बताउँदै यति सरकारले घेरा लगाउन खोजेको हो भने त्यसलाई तोड्ने चेतावनी दिए।
‘सरकारले घेर लगाउन खोजेको हो भने हामी तोड्न तयार छौँ। देउवाजी प्रधानमन्त्री भएपछि पनि हामीले भेटेर हाम्रा कार्यकर्ता सहमतिअनुसार छाड्न भन्यौँ। तर कार्यान्वनय भएन, चन्दले भने।
सहमति कार्यान्वन नहुने अवस्थामा आफूहरु जनतालाई साथमा लिएर अघि बढ्ने उनको चेनावनी थियो।
गत फागुनमा सरकार नेकपाबीच राजनीतिक समस्याको समाधान वार्ता र छलफलबाट समाधान गर्ने, नेकपाले शान्तिपूर्ण रुपमा खुला राजनीति गर्ने र थुनामा रहेका कार्यकर्तालाई रिहा गरेर मुद्दा फिर्ता लिने सहमति भएको थियो।


भर्खरै
लोकप्रिय






































































































































































































