काठमाडौँ महानगरपालिकाले गर्‍यो दसैँको मुखमा विद्यालय खोल्ने निर्णय

काठमाडौँ महानगरपालिकाले गर्‍यो दसैँको मुखमा विद्यालय खोल्ने निर्णय
+
-

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आइतबारदेखि भौतिक रुपमै विद्यालय खोल्ने निर्णय गरेको छ। कोभिडका कारण वैशाख दोस्रो सातादेखि बन्द रहेका विद्यालय भौतिक रूपमा खोल्ने निर्णय भएको हो।

कामपा शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको हो। कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार भौतिक रूपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसी अभिभावकको सहमति लिएर कार्ययोजना बनाएर कामपामा पेस गर्नुपर्नेछ।
विद्यार्थी संख्या धेरै भएका विद्यालय भने खोल्न अनिवार्य नगरेको पनि कामपाले जनाएको छ।

कामपाभित्र सञ्चालनमा रहेका विद्यालय पुनःसञ्चालन गर्न व्यवस्थापन समितिको बैठक बसी आपसी समझदारीमा मात्र सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने, विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाई महानगरको शिक्षा शाखामा पेस गर्नुपर्ने र शिक्षक, विद्यालय कर्मचारी, चालक सबैले खोप लगाएको हुनुपर्ने छ।

शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा कामपाले खोप लगाउने व्यवस्थासमेत गर्ने जनाएको छ। कामपाले औपचारिक जानकारी बिहीबार गरे पनि यसअघि नै विद्यार्थी संख्या कम भएका विद्यालय आलोपालो गरेर सञ्चालनमा आइसकेका छन्।

लामो समय विद्यालय बन्द रहेको, चाडबाडको समयमा नजिक आएको र कोरोनाको त्रास अझै कायमै हुँदा अधिकांश विद्यार्थी गाउँमा रहेकाले दसैँ तिहारपछि मात्र भौतिक रूपमा विद्यालय पुनःसञ्चालन गर्नुपर्ने माग अभिभावकको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?