
बुटवल – पाल्पाको वगनाशकाली गाउँपालिकामा एक युवक आफ्नै घरनजिकै मृत फेला परेका छन्।
वगनाशकाली गाउँपालिका– ७, खानीगाउँ झाँक्रीस्थान बस्ने ३५ वर्षीय दीपक भट्टराई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।
भट्टराई बिहीबार साँझ आफ्नै घरदेखि ५ सय मिटर पर मृत अवस्थामा भेटिएका हुन्। भट्टराईको शव बारीको कुनामा भेटिएको र घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
तिनाउ नदीमा बालकको शव
त्यस्तै बुटवलको तिनाउ नदीमा एक बालकको शव फेला परेको छ।
अर्धनग्न अवस्थामा फेला परेका अन्दाजी १२ वर्षका बालकको पहिचान हुन सकेको छैन।
इलाका प्रहरी कार्यालय बुटवल प्रहरी नायब उपरीक्षक मदन कुँवरले शवको पहिचान हुन नसकेको र अनुसन्धान जारी रहेको बताएका छन्।