
कालो छोप्ने सेतो चुन गयो उता
निदारमा लाग्या दाग धुन गयो उता।।
बाली बिमाख पार्दा गोठमा बाँधिए
आफ्ना मात्रै बस्तु फुन गयो उता।।
काँधमा बोकी बोकी माथि पुर्यायो
छाला काँध खिएको गुन गयो उता।।
खाँदा पनि टेरेनन् किन होला कुन्नी
ढिका ढिका चपाएको नुन गयो उता।।
लोभ छैन मानको सेवा गर्छु भन्यो
केको लोभले गोडा छुन गयो उता।।
बोटमा फल्दाखेरि बोटै उस्को ठान्यो
काँचै झर्दा जमिनमा रुन गयो उता।।
रातमा जुनकिरीको उज्यालोको भर
तिथि पर्यो सँधै औँशी जून गयो उता।।