पुराना कम्युनिष्ट नेता युक्तप्रसाद भेटवालसँग अन्तर्वार्ता

‘मदन भण्डारीको मृत्युबारे विद्या र केपीसँग मेरो प्रश्न छ’

+
-

काठमाडौँ – पुराना कम्युनिष्ट नेता युक्तप्रसाद भेटवाल अहिले राजनीतिबाट गुमनाम छन्। २०३४ सालबाट झापामा कोअर्डिनेशन केन्द्रमा आबद्ध भएर राजनीतिक यात्रा थालेका भेटवाल माले, एमाले, जनमोर्चा हुँदै माओवादीमा आबद्ध भए।

उनको माओवादीमा आबद्धता पनि लामो समय टिकेन। २०६५ सालबाट सक्रिय राजनीति छाडेर उनी ध्यानको मार्ग विपश्यनामा लागेका छन्।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीसँग निकट रहेर काम गरेका भेटवाल उनको मृत्युका सवालमा नेताहरुकै शंकास्पद भूमिका रहेको दाबी गर्छन्। उनकै श्रीमती विद्या भण्डारी राष्ट्रपति र पार्टीले बनाएको छानबिन समितिका सदस्य केपी ओली पटक-पटक प्रधानमन्त्री हुँदासमेत त्यसबारे सत्यतथ्य बाहिर नआउनु दुःखद भएको उनी बताउँछन्।

२०४६ सालको आन्दोलनपछि नेपाललाई अब कता लैजाने भन्ने निर्णायक समय र अन्तर्राष्ट्रिय शक्तिले पनि नेपाललाई नजिकबाट हेरिरहेको बेला मदन भण्डारीको मृत्युले ठूलो क्षति पुगेको उनको विश्लेषण छ। २०४८ सालको चुनावमा भण्डारी काठमाडौँ क्षेत्र नम्बर १ र ५ बाट उठ्दा मुख्य चुनावी कमाण्डर रहेका भेटवाल भन्छन्, ‘मदन भण्डारीको मृत्यु राष्ट्रिय राजनीतिको उथलपुथलकारी घटना हो। त्यसका बारेमा आरोप, लाञ्छना छन्। पार्टी र सरकारले भण्डारीको हत्याबारे छानबिन गर्न चाहेन। पार्टी, सरकार र जनस्तरबाट बनेका तीनवटा आयोग कसैले पनि सत्य कुरा बाहिर ल्याएनन्।’

भण्डारीले मृत्युअघि नै आफ्नो हत्या हुन सक्ने बताएको भेटवालको दाबी छ। ‘एक दिन उहाँले भन्नुभएको थियोः म सामान्य मान्छे हुँ। जनताको पक्षमा काम गर्दागर्दै मारिएँ भने पनि तपाईँहरुले चिन्ता नमान्नु होला’, भेटवाल अगाडि भन्छन्, ‘भिसेरा रिपोर्टमा विष मिसिएको आयो। तर सत्यतथ्य बाहिर ल्याएन। उहाँका परिवारकै सदस्य राष्ट्रपति, सहकर्मी झण्डै दुई तिहाई बहुमतसहित प्रधानमन्त्री बन्नुभयो। तर घटनाको छानबिन भएन, लाञ्छनाबाट मुक्त हुने काम गरिएन। यसले के देखाउँछ भने पार्टीका नेताहरु नै शंकाको घेरामा रहनुभएको छ। स्वयम् केपी ओली र विद्या भण्डारीले अहिले जवाफ दिनुपर्ने कि नपर्ने?’

२०४६ सालको जनआन्दोलन कांग्रेस र कम्युनष्टिको सहकार्यबाट सफल भए पनि त्यसका उपलब्धिलाई संस्थागत गर्ने सवालमा उनीहरु नमिल्दा देश राजनीतिक संक्रमणमा फसेको उनको दाबी छ।

दश वर्ष मिलेर अघि बढ्न मदन भण्डारीले राखेको प्रस्तावलाई कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले सार्वजनिक रुपमा अस्वीकार गरेको भेटवाल स्मरण गर्छन्।

‘दश वर्ष मिलेर जान मदन भण्डारीको प्रस्ताव कृष्णप्रसाद भट्टराईले अस्वीकार गर्नुभयो। कम्युनिष्टलाई बैतर्नी तर्न कति सिट चाहिन्छ भनेर खुला मञ्चबाटै भाषण गर्नुभयो। नेताहरुले गम्भीरतापूर्वक नलिँदा २०४६ सालको आन्दोलनले अपेक्षाकृत सफलता पाउन सकेन’, उनले भने।

२०४६ सालको आन्दोलन र मदन भण्डारीका बारेमा युक्तप्रसाद भेटवालसँग देश सञ्चारका प्रकाश ढकालले गरेको कुराकानी:

(यो अन्तर्वार्ताको दोस्रो भाग आगामी साता प्रकाशित हुनेछ।)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?