हवाईजहाजमा हुम्ला पुगेको मोटरसाइकल चढेर मानसरोवर यात्रा

हवाईजहाजमा हुम्ला पुगेको मोटरसाइकल चढेर मानसरोवर यात्रा
+
-

सिमकोट– हवाईजहाजमा ढुवानी गरेर हुम्ला ल्याइएका मोटरसाइकलबाट छिमेकी चीनस्थित मानसरोवर कैलाशको दर्शनयात्रा सुरु भएको छ। हुम्लाबाट नेपाली भूमि लाप्चा हुँदै चीनको मानसरोवर पुग्ने गरिएको हो। परीक्षणका रुपमा मोटरसाइकलबाट यात्रामा गएका दुईजना युवाले १० घण्टामा लाप्चा पुगेर मानसरोवर दर्शन गरेका हुन्।

मोटरसाइकल यात्री बखत खड्काले लाप्चा पुगी मानसरोवर कैलाशको दर्शन गर्न सफल भएको जानकारी दिए। यसअघि पैदल, टिप्पर वा बोलेरो जीपमा यात्रा गरिरहेका बेला पहिलोपटक उनको टोलीले मोटरसाइकलमा मानसरोवरको यात्रा गरेको हो।

उनले सिमकोटबाट बिहान ८ बजे मोटरसाइकलमा हिँडेको टोली बेलुका ४ बजे लिमीको तुम्लिङ पुग्न सफल भएको बताए। उनीसहित दुईजना दुई घण्टामा लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गर्न सफल भएका थिए। लाप्चा क्षेत्रको पाँच हजार मिटर अग्लो स्थानमा मोटरसाइकलमा गुड्दाको आनन्द अर्कै हुने उनले सुनाए।

‘कच्ची सडक र धूलोले केही समस्या भए पनि समय भने कम लाग्ने र आर्थिक रुपमा मितव्ययी पनि छ’, मोटरसाइकल यात्री खड्काले भने, ‘तुम्लिङ खोला तर्न समस्या छ। यहाँ गाडीमा मोटरसाइकल लैजानुपर्ने अवस्था छ। यीबाहेक यात्रा आरामदायी, रोमाञ्चित र सहज छ।’

मोटरसाइकल चढेर लाप्चाबाट मानसरोवर कैलाश दर्शनको यात्राले अन्य आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने विश्वास गरिएको छ। पहिलो मोटरसाइकल यात्रा सफल भएपछि थप चार जोडी लाप्चा यात्रामा निस्कने भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?