सेवा निवृत्त सैनिकले थाले कालिजपालन व्यवसाय

सेवा निवृत्त सैनिकले थाले कालिजपालन व्यवसाय
+
-

गलेश्वर – भारतीय सेनाबाट अवकाशप्राप्त बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरेले कालिजपालन व्यवसाय सुरु गरेका छन्। भारतीय सेनामा १७ वर्ष काम गरेर अवकाश पाएका उनले गाउँ फर्किएर कालिजपालन व्यवसाय सुरु गरेका हुन्।

रञ्जिला कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर ०७७ साल फागुनबाट कालिजपालन व्यवसाय थालेको घिमिरेले बताए। कालिजपालन व्यवसाय सञ्चालन गर्न २१ लाख रुपैयाँ लगानी गरेको उनले जानकारी दिए। उनको फर्ममा अहिले ६ सय वटा कालिज हुर्कंदै छन्। यस अवधिमा उनले १ सय १० वटा कालिज बिक्री गरेको जानकारी दिए।

‘भारतीय गोर्खा सैनिकमा हुँदा आफ्नै गाउँको जस्तै भूगोल भएको दार्जिलिङमा कालिजपालन गरेको देखेर म लोभिएको थिएँ,’ ३९ वर्षीय घिमिरेले भने, ‘पाँच वर्षपछि सेवा निवृत्त भएर गाउँ आउँदा कालिजपालनका लागि सरकारले अनुमति दिएको थाहा पाएपछि तत्कालै व्यवसाय सुरु गरेको हुँ।’

उनले सात रोपनी पाखोबारीलाई घेराबार गरेर जालीले छोपेको खोर बनाएका छन्। उक्त खोरमा चार सयभन्दा बढी ‘रिङनेट’ जातका कालिज हुर्किएका छन्। अधिकांश कालिज बिक्रीका लागि योग्य भएको घिमिरेले बताए। कालिज बेनी, भकुण्डे, बागलुङ र पोखराको बजारमा प्रतिगोटा ३ हजार ५ सय रुपैयाँका दरले बिक्री हुने गरेको उनले जानकारी दिए।

कालिजका लागि उनले मकै, गहुँ, कोदोका साथै बजारबाट आयातित दाना खुवाउने गरेका छन्। हरियो भुइँ तथा डालेघाँसबाट पनि उनले कालिजलाई दाना व्यवस्थापन गरेको बताए। उनको फार्ममा स्थानीय तीन जनाले रोजगारीसमेत पाएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष