बामपन्थी नेता युक्तप्रसाद भेटवालसँग भिडियो अन्तर्वार्ता

‘एमाले कम्युनिष्ट आचरणबाट च्यूत’

+
-

काठमाडौँ – एमालेले भर्खरै मात्र विधान महाधिवेशन सम्पन्न गरेको छ। पार्टी संरचनामा उल्लेख्य हेरफेर गरे पनि उसले मार्गदर्शक सिद्धान्तका रुपमा अँगाल्दै आएको जनताको बहुदलीय जनवाद (जबज)लाई भने कुनै परिवर्तन गरेन।

विधान महाधिवेशनले नेपाली समाज पुँजीवादको प्रारम्भिक अवस्थामा रहेको यसअघिको विश्लेषण दोहोर्‍याउँदै राष्ट्रिय पुँजीको विकासमार्फत समाजवादको आधार निर्माण गर्ने कार्यदिशालाई निरन्तरता दिएको छ।

भेटवालसँग अघिल्लो हप्ता गरिएको कुराकानीको भिडियो:

मदन भण्डारीले अघि सारेको जबजलाई देखाउँदै एमालेले धेरैपटक सत्तायात्रा समेत तय गरिसकेको छ। तर, उसले जबजका मूलभूत मान्यतालाई व्यवहारमा स्वीकार नगरेको पुराना कम्युनिष्ट नेता युक्तप्रसाद भेटवाल बताउँछन्।

मदन भण्डारीसँग निकट रहेर पार्टीमा काम गरेका भेटवाल अहिले एमालेले जबजका नामाम चर्को स्वरमा बोले पनि त्यसलाई विकास गर्ने, त्यसलाई निर्दिष्ट गरेका मूल्य मान्यतालाई अवलम्बन गर्ने र जनतालाई केन्द्रमा राख्ने कुरालाई भुलेको विश्लेषण गर्छन्। एमालेभित्र आन्तारिक लोकतन्त्र कमजोर हुँदै गएको भेटवालको मूल्यांकन छ। भर्खरै मात्र एमाले विभाजन भएर एकीकृत समाजवाद निर्माण हुनुमा पनि आन्तरिक लोकतन्त्रको कमजोर अभ्यास नै मुख्य कारण रहेको भण्डारीका सहयात्री भेटवाल बताउँछन्।

उनी भन्छन्, ‘जबजले दिएको उज्यालोपनलाई बोकेर हिँड्नुपर्नेमा अहिलेका नेताहरु पुँजीवादले ल्याएका विषयलाई नै अंगिकार गरेर हिँडेका छन्। व्यक्तिगत स्वार्थ, गुटवादको जन्म भयो जसले एकले अर्कालाई सिध्याउने र प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्ने अवस्था पैदा भयो।’

२०३४ सालबाट झापामा कोअर्डिनेशन केन्द्रमा आबद्ध भएर राजनीतिक यात्रा थालेका भेटवाल माले, एमाले, जनमोर्चा, माओवादी हुँदै हाल राजनीतिबाट टाढा विपश्यना ध्यानको अभ्यास गरिरहेका छन्। उनै भेटवालसँग हामीले अघिल्लो हप्ता मदन भण्डारीका बारेमा केन्द्रित रहेर कुराकानी गरेका थियौँ। यस हप्ता एमालेको आन्तरिक जीवन, मदनले छाडेका पदचाप र उनकै राजनीतिक जीवनबारे यो अंकमा कुराकानी गरेका छौँ।

भिडियो:

यो पनि पढ्नुहोस्

‘मदन भण्डारीको मृत्युबारे विद्या र केपीसँग मेरो प्रश्न छ’

‘मदन भण्डारीको मृत्युबारे विद्या र केपीसँग मेरो प्रश्न छ’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?