सोर्‍ह श्राद्धको अन्तिम दिन कागबेनीमा श्रद्धालुको भीड

सोर्‍ह श्राद्धको अन्तिम दिन कागबेनीमा श्रद्धालुको भीड
+
-

बलेवा– सोह्रश्राद्धको अन्तिम दिन औँसी तिथिमा श्राद्ध गर्नका लागि मुस्ताङको कागबेनी भरिभराउ भएको छ। जोमसोमदेखि कागबेनी आसपासका होटल तथा रेष्टुरेन्टमा सर्वसाधारणको चाप बढेको छ। धार्मिक तीर्थस्थल बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी श्राद्धस्थलमा सर्वसाधारणको भीड लागेको हो।

दसैँअघि सोह्रश्राद्धको औँसी तिथि पारेर कागबेनीमा पिण्डदान गर्नाले मोक्ष प्राप्ति हुने जनविश्वास छ। मुस्ताङ बाहिरका सर्वसाधारण सोह्रश्राद्ध सुरु भएदेखि नै सो क्षेत्रमा प्रवेश गर्न थालेका थिए। औँसीमा भने श्राद्धका लागि कागबेनी पुग्नेहरु धेरै नै भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए।

‘अन्य वर्षमा जस्तो यस वर्ष छैन, कोरोना महामारीका कारण केही कडाइ गरिएको छ तर पनि मानिसको भीड छ’, उनले भने, ‘यहाँ आउनका लागि कोरोना खोप लगाएको वा तत्कालै कोरोना नेगेटिभ भएको हुनुपर्नेछ।’

मङ्गलबार दिउँसै १०० बढी गाडी मुस्ताङ भित्रिएको उनले बताए। कागबेनी श्राद्धस्थल अन्य तीर्थस्थलभन्दा उत्तम भएकाले यहाँ श्राद्ध गर्न जानेको संख्या ठूलो रहेकोे कागबेनी क्षेत्रका संरक्षक ऋषि प्रपन्नाचार्यले जानकारी दिए।

कागबेनी धार्मिकस्थल भगवान विष्णुलगायत सबै देवको बासस्थान भएको जनविश्वास छ। उनका अनुसार शालिग्राम भगवानको शरीरमा मुक्तिनाथ भगवान रहेकाले यहाँ श्राद्ध, तर्पण, स्नान र भोजन गर्नाले मोक्ष प्राप्त हुने पद्यपुराण र बाह्रपुराणलगायतका ग्रन्थमा उल्लेख छ।
कागबेनी श्राद्धस्थलमा बर्सेनि बडादसैँ र चैतेदसैँ सोह्रश्राद्ध औँसीमा श्रद्धालु तीर्थयात्रीको भीड लाग्ने गरेको छ। मुस्ताङमा स्याउ र च्यांग्राको खोजीमा पुगेका व्यापारीदेखि दसैँको छेकोमा घुम्न जानेको उत्तिकै उपस्थिति रहेको प्रहरीले जनाएको छ।

उद्योग वाणिज्य सङ्घ मुस्ताङका अनुसार सोह्रश्राद्धको औँसी अघिपछि र दसैँ बिदाको समयमा यहाँ आउने पर्यटक तथा तीर्थालुका लागि खाना बासको व्यवस्था गर्न नै कठिन हुने गरेको छ। कागबेनीमा श्राद्ध गरेपछि बुधबारै फर्कनेको ताँती लाग्छ । यसरी फर्केका अधिकांशले घटस्थापनाको दिन बागलुङकालिका दर्शन गरेर गन्तव्यमा लाग्ने गरेका छन्। घटस्थापनामा बागलुङमा निकै भीड लाग्ने गर्छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष