दसैँका लागि तनहुँबाट ३ करोड रुपैयाँ बराबरको खसी–बोका बिक्री

दसैँका लागि तनहुँबाट ३ करोड रुपैयाँ बराबरको खसी–बोका बिक्री
+
-

दमौली – दसैँका लागि तनहुँबाट ३ करोड मूल्य बराबरको खसीबोका बिक्री भएको छ।

जिल्लाका विभिन्न सहकारीमार्फत दुई साताको अवधिमा २ करोड ८२ लाख ३६ हजार ७९१ मूल्य बराबरको खसीबोका बिक्री भएको हो।

हेफर नेपालको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँले सञ्चालन गरेको ‘पशुवस्तुको मूल्यशृंखलामा आधारित साना किसानको संस्था सवलीकरण परियोजना’अन्तर्गत १० वटा सहकारीले उक्त मूल्य बराबरको खसीबोका बिक्री गरेका हुन्।

तनहुँका आठ र लमजुङका दुई गरी १० सहकारीमा आबद्ध कृषकले सहकारीको बजारीकरण कार्यक्रमबाट खसीबोका बिक्री गरेका छन्।

दुई साताको अवधिमा १ हजार ८ सय १७ खसी बिक्री भएका छन्। ती सहकारीले २ करोड ७९ लाख ८९ हजार २ सय ४५ मा कृषकसँग खसीबोका खरिद गरी २ करोड ८२ लाख ३६ हजार ७ सय ९१ रुपैयाँमा बिक्री गरेका छन्।

घिरिङ गाउँपालिका–२ भोरकोटस्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थाले २० लाख ६५ हजार चार सय ५९ को खसी बिक्री गरेको अध्यक्ष शारदा आलेले जानकारी दिइन्। सहकारीमार्फत १ सय ५२ खसी बिक्री भएका छन्।

घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङस्थित भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमार्फत ४३ लाख ९५ हजार ३ सय रुपैयाँको खसी बिक्री भएको छ। सहकारीका अध्यक्ष नानुमाया गैरेले ३०९ वटा खसी बिक्री भएको जानकारी दिइन्।

घिरिङ गाउँपालिका–४ माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत ५० लाख ३९ हजार ६२४ को खसी बिक्री भएको अध्यक्ष संगीता रानाले बताइन्। उक्त सहकारीमार्फत ३७२ खसी बिक्री भएका छन्। भिमाद नगरपालिका–२ स्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारीमार्फत आठ लाख ७९ हजार ३९० को खसी बिक्री भएको छ।

उक्त सहकारीमार्फत ५६ खसी बिक्री भएको अध्यक्ष सीताकुमारी तिमिल्सिनाले बताइन्। भिमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ६३ लाख एक हजार ६४९ को खसी बिक्री भएको अध्यक्ष देवी मुक्तान आलेले बताइन्। सहकारीमार्फत ३२५ खसी बिक्री भएका छन्।

शुक्लागण्डकी नगरपालिका–१ स्थित दिदीबहिनी कृषि सहकारी संस्थामार्फत पाँच लाख चार हजार ४९५ को खसी बिक्री भएका छन्। उक्त सहकारीमार्फत ३६ खसी बिक्री भएको अध्यक्ष नेत्रकुमारी वंशीले बताइन्। व्यास नगरपालिका–८ स्थित शुभदीप सामाजिक उद्यमी महिला सहकारीमार्फत २२ लाख ९४ हजार १ सय ४६ रुपैयाँको खसी बिक्री भएको छ। सहकारीका व्यवस्थापक संगीता पौडेलले सहकारीमार्फत १४५ खसी बिक्री भएको जानकारी दिइन्।

व्यास नगरपालिका–१२ स्थित आधारशिला सामाजिक महिला उद्यमी सहकारीमार्फत ७ लाख ५८ हजार २१० को खसी बिक्री भएको छ। सहकारी व्यवस्थापक नवीन सुर्खालीका अनुसार सहकारीबाट ५० वटा खसी बिक्री भएका छन्।

सप्तधारा सामाजिक उद्यमी महिला सहकारीमार्फत ३७ लाख ४२ हजार २९० को खसी बिक्री भएको छ। सहकारीका व्यवस्थापक सरिता थापाका अनुसार सहकारीबाट २४० खसी बिक्री भएको छ। सुन्दरबजार नगरपालिका–१ स्थित भागिरथी सामाजिक उद्यमी महिला सहकारीमार्फत २२ लाख ५५ हजार ५९८ को खसी बिक्री भएको छ। उक्त सहकारीबाट १३२ खसी बिक्री भएको अध्यक्ष निर्मला कोइरालाले जानकारी दिइन्।

सहकारीले बजारीकरणमा सहयोग पु¥याएपछि बाख्रापालक कृषक पनि खुसी भएका छन्। बाख्रापालनबाट घरखर्च चलाउँदै कृषकलाई गाउँघरमै खसी बिक्री गर्ने व्यवस्था भएपछि सहज भएको छ।

हेफर इन्टरनेसनल नेपाल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको साझेदारीमा ‘पशुवस्तुको मूल्यशृंखलामा आधारित साना किसानको सस्था सवलीकरण परियोजना’ मार्फत् गठन भएका सहकारीले गाउँमै खसी बिक्रीको व्यवस्था मिलाएर कृषकलाई सहयोग पु¥याइरहेको ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले जानकारी दिए। ‘दसैँतिहारलगायत अन्य बेला पनि गाउँबाटै खसी बिक्री गर्ने व्यवस्था मिलाइएको छ’, पौडेलले भने, ‘यसले गर्दा कृषकलाई बजारको खोजी गर्दै हिँड्नुपर्ने बाध्यता हटेको छ।’

बजारको समस्या नभएपछि गाउँमा बाख्रापालन गर्ने कृषकको संख्या बढेको र बाख्रापालनबाटै कृषक आत्मनिर्भर बन्न सफल भएको भिमाद नगरपालिका–९ का बाख्रापालक कृषक शिवकुमार आलेले जानकारी दिए।

बाख्रापालक कृषकले पशु आहारा व्यवस्थापनका लागि उन्नत जातका घाँस नर्सरी स्थापना गरेका छन्। बाख्रालाई खुवाउनका लागि सहकारी संस्थाले नै सुधारिएको दाना उत्पादन गरेर सदस्यलाई बिक्री गर्ने व्यवस्था मिलाएको छ भने सूक्ष्म पोषकतत्वका लागि खनिज ढिक्काको व्यवस्था पनि सहकारीले नै मिलाउने गरेको छ।

हेफरको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्रले सञ्चालन गरेको परियोजनामा चार हजारभन्दा बढी कृषक आबद्ध छन्। परियोजनामार्फत बाख्रापालक कृषकलाई पशु स्वास्थ्य शिविर, घाँसको बीउ बेर्ना वितरण, तालिम र बजारीकरणमा सहयोग पुर्‍याउँदै आएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष