बसपार्कमा घर फर्किनेको उत्साहः दसैं त गाउँमै रमाइलो

बसपार्कमा घर फर्किनेको उत्साहः दसैं त गाउँमै रमाइलो
+
-

काठमाडौँ– दसैंको जमरा–टिका थाप्ने दिन आउन तीन दिन मात्र बाँकी छ। ठूलाबडा तथा मान्यजनबाट दसैंको दिन टिका–जमरा थाप्ने चलन छ।

यति मात्र होइन, दसैंमा परिवार, इष्टमित्र, लगायतसँग भेटघाट तथा भलाकुसारी पनि हुन्छ। परदेशी घर फर्कन्छन्, घर बाहिर भएकाहरु घर पुग्छन्। जसले दसैंको रौनक अझ बढाउँछ।

दसैंको रौनक परिवारसँग बढी हुने भएकाले देश तथा विदेशमा रहेका नेपाली घर फर्कन्छन्। या भनौ आफ्नो परिवारभन्दा टाढा रहेका हिन्दु नेपालीहरु घर फर्कन्छन्। किनभने हिन्दु नेपालीहरुका लागि दसैं–तिहार निकै महत्पवूर्ण पर्व हुन्। अरु बेला घर गए पनि नगए पनि दसैं–तिहारमा हरकोही आफ्नो घर जान्छन्।

जसको दृश्य नयाँ बर्सपार्कमा देखिन्छ। कोही बसमा चढेका छन् भने कोही टिकट काट्न काउण्टरको लाइनमा। कोही घरका लागि बसपार्कबाट छुटिरहेका देखिन्छन्।

दसैंमा घर जानुको खुसी उनीहरुको अनुहारमा देखिन्थ्यो। निकै उत्साहित भएर करिब २ वर्षमा दसैंमा घर जाँदै थिइन्, बुटवलकी मेघा ज्ञवाली। उनलाई उपत्यकाभन्दा पनि आफ्नै गाउँघरमा चाडपर्व मनाउन मन पर्छ।

‘यहाँ त हामी मम्मी, बुबा, भाइ र म मात्र हो। त्यसैले रमाइलो हुन्न’, उनले उत्साहित भनिन्, ‘बुटवलमा हाम्रो हजुरआमा, काका–काकी, भाइबहिनी सबै छन्। निकै रमाइलो हुन्छ। मम्मी र भाइ गइसक्नुभयो। बुबापछि आउनुहुन्छ।’

कोरोना भाइरस जोखिमका कारण गत वर्ष उनको परिवार बुटवल जान पाएन। यसवर्ष भने आफूहरुले जिद्दी गरेर बुबा–मम्मीलाई मनाएको उनी बताउँछिन्। ‘कोरोना भाइरस सकिएको छैन। त्यसैले मम्मी बुबा डराउनु हुन्छ। कोरोना त कहिले सकिन्छ, थाहा छैन। त्यसैले जाँउ भनेँ’, उनले सुनाइन्।

उनीजस्तै घर धनगढी जान पाउँदा शैलेजा केसी फुरुङ्ग थिइन्। ‘आफ्नो घर जान पाउँदा को फुरुङ हुन्न र !’, हास्दै भनिन्, ‘अब त तिहारपछि मात्र काठमाडौँ आइन्छ।’

धादिङकी देवी गुरुङको कुरा भने अलि फरक छ। उनको परिवारमा यस वर्ष दसैं छैन। ‘कोरोना भाइरसका कारणले जठाजुको बित्नुभएको छ। हाम्रो दसैं छैन’, निरास हुँदै भनिन्, ‘सुरुमा त टिका छैन भनेर नजाने सोच बनाएका थियौँ। फेरि श्रीमान्‌ले कति काम मात्र गर्नु। परिवारसँग बस्दा पनि रमाइलै हुन्छ। टिका पो छैन। परिवार त छ नि। सबैसँग भेट हुन्छ भन्नुभयो। त्यसैले जाँदैछौँ।’

देवीको मात्र होइन, धनगढीका सुरज ताम्राकारको पनि यसपाली दसैं छैन। कोराना भाइरसले उनका ठूलाबुवाको ज्यान लियो। जसले गर्दा उनले यतै (काठमाडौं) मै बस्ने निधो गरे।

‘हाम्रो दसैं छैन, ठूलबा बित्नु भएको छ। त्यसैले दसैं हुँदैन। गएर नि केही हुँदैन। अब सबै राम्रो भयो भने अर्को दसैंमा जानु पर्ला’, उनले भने।

उनको मात्र होइन, अहिले कतियप हिन्दु नेपालीहरुको दसैं छैन। कोरोना भाइरसका कारणले धेरै नेपालीको ज्यान लिएको छ। हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ५७ पुगेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक सुशील सिंह राठौरका अनुसार असोज महिनामा ११ लाख ११ हजार (आज सम्म) जना र घटस्थापनादेखि फूलपातीसम्म मात्रै २ लाख १९ हजारले उपत्यका छाडेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?