खोँइछ भर्न जनकपुरधाममा ठूलो भीड

+
-

जनकपुरधाम – दसैँको आठौँ दिन जनकपुरधामको शक्तिपिठहरुमा खोँइछ भर्नेको भिड लागेको छ । राजा जनकको कुलदेवीको रुपमा चिनिने राजदेवी मन्दिरसहित जनकपुरधामको विभिन्न स्थानमा विवाहिता महिलाले सप्तमी तिथिदेखि नै खोँइछ भरिरहेका छन् ।

खोँइछ भर्नका लागि हजारौँको संख्यामा महिलाहरु राजदेवी मन्दिरसहित रामानन्द चौक, मुरली चौक, पिडरीयामाइस्थान लगायतका स्थानमा खोँइछ भरिरहेका छन् ।

त्यस्तै पर्सादी चढाउनको लागि मंगलबार राति ११ बजेदेखि नै ठूलो लाइन लागेको छ । हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरु पर्सादी चढाउन लाइन लागेका छन् ।

बुधबार जनकपुरधामका शक्तिपिठहरुमा बिहानैदेखि खोँइछ भर्न महिलाहरुको भिड लागेको छ भने पर्सादी चढाउन लामो लाइन लागेको छ । राजदेवी मन्दिरमा प्रत्येक वर्ष खोँइछ भर्न महिलाहरुको भिड लाग्ने गरेको छ ।

मिथिलामा छोरीको बिदाई भन्दा पहिले खोँइछ दिने परम्परा छ । बुधबार रातिदेखि बलिप्रदान दिने भएको छ ।

त्यसको लागि नेपालसहित भारतको सीमावर्ती क्षेत्रबाट श्रद्धालुभक्तजनहरु बोकाबलीको लागि यहाँ आउने गरेका छन् । प्रत्येक वर्ष यहाँ राजदेवी मन्दिरमा मात्र हजारौँको संख्यामा बलिप्रदान हुनेगरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?