सूर्य नेपालले पायो पाँच तारे होटल निर्माणको स्वीकृति

सूर्य नेपालले पायो पाँच तारे होटल निर्माणको स्वीकृति
+
-

काठमाडौँ – सूर्य नेपालले पाँच तारे होटल निर्माणका लागि उद्योग विभागबाट स्वीकृति पाएको छ। लामो समयदेखि तयारी सुरु गरेको सूर्य नेपालले अब पाँच तारे होटल निर्माण गर्नका लागि विभागबाट स्वीकृति पाएको हो।

कम्पनीका अनुसार विभागबाट स्वीकृति पाएपछि अब निर्माणको प्रक्रिया सुरु हुनेछ। कम्पनी होटलको डिजाइन बनाइसकेर उद्योग विभागको स्वीकृतिको प्रतिक्षामा थियो। कम्पनीले उद्योग विभागमा २०७६ पुसमा आवेदन दिएको थियो। तर लगानीको मोडालिटी नमिलेको भन्दै विभागले २ वर्षसम्म अल्झाएको कम्पनीले जानकारी दिएको छ।

नाफाको रकमबाट होटल खोल्ने लगानीको मोडालिटी कम्पनीले विभागमा पेश गरेको भए तापनि नाफा हुने ग्यारेन्टी नहुने भन्दै विभागले दर्ता गर्न नमानेको कम्पनीले जनाएको छ। कम्पनीले लगानी सम्मेलनमा समेत होटल निर्माण गर्ने घोषणा गरेको थियो।

सो पाँच तारे होटल काठमाडौँको बुढानिलकण्ठमा निर्माण हुनेछ। यसका लागि कम्पनीले ७२ रोपनी जग्गासमेत खरिद गरिसकेको छ। सो होटलमा १५० देखि २०० वटासम्म कोठा हुने छन्। होटलमा एकैसाथ करिब ५०० जनालाई सेवा दिन सकिने बताइएको छ। साथै ३ सयभन्दा बढीले रोजगारी पाउने कम्पनीले जनाएको छ।

सूर्य नेपालमा भारतको आईटीसी लिमिटेडको ५९ प्रतिशत स्वामित्व छ। साथै नेपाली लगानीकर्ताको ३९ प्रतिशत, ब्रिटिस अमेरिकन टोबाको इन्भेष्टमेन्ट कम्पनीको २ प्रतिशत लगानी रहे पनि होटलमा सूर्य नेपालकै स्वामित्व रहने कम्पनीले जानकारी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?