‘यो पाली सयपत्री फूलको माला महंगो हुन सक्छ’

भारतबाट सयपत्री फूलको माला ल्याउने बाध्यता किन?

भारतबाट सयपत्री फूलको माला ल्याउने बाध्यता किन?
+
-

काठमाडौँ – दसैँ सकिएपछि हिन्दु नेपालीहरुको अर्को चाड तिहार आँगनमै आइसकेको छ। ढकमक्क फूलेका सयपत्री र मखमलीले त्यसको संकेत गर्छन्। तिहारको रौनक बढाउने सयपत्री तथा मखमली फूलको माग जहिले पनि बढी हुन्छ।

यस वर्ष पनि फूलहरुको माग बढी छ। नेपालीहरुको माग पूरा गर्न नेपाल फ्लोरिकल्चर फेडरेशनले यसवर्ष १० देखि १५ प्रतिशत सयपत्री फूल आयात गर्नुपर्ने जनाएको छ। नेपाल फ्लोरिकल्चर फेडरेशनका अध्यक्ष मिन बहादुर तामाङले यसपालीको तिहारमा करिब २ लाख ५० हजार ओटा सयपत्री फूलका माला भारतबाट आयात गर्नुपर्ने जानकारी दिए।

उनका अनुसार सयपत्री आयात गर्नुपर्ने भए पनि मखमली र गोदावरी नेपालकै उत्पादनले पुग्छ। सयपत्री भने हरेक वर्ष बाहिरबाट आयात गर्ने गरेको पनि उनले बताए।

‘हामीले साढे १५ लाख ओटा सयपत्री मालाको व्यवसायिक कारोबार हुने अपेक्षा गरेका छौँ। जसमा २ लाख ५० हजार ओटा माला अपूग देखिन्छ, जुन भारतबाट आयात हुन्छ।’

नेपालमा जम्मा साढे १८ लाख माला खपत हुने अनुमान गरिएको पनि उनले जानकारी दिए। जसमा ३ लाख माला गोदावरी, मखमलीको र साढे १५ लाख सयपत्रीको माला खपत हुने उनले बताए।

हरेक वर्ष तिहारका समयमा फूलको माग बढी नै हुन्छ। आन्तरिक माग परिपूर्ति गर्न हरेक वर्ष बाहिरबाट फूल आयात गर्नुपर्ने अवस्था छ।

नेपाल मखमली र गोदावरी फूलमा आत्मनिर्भर हुन सकेपनि सयपत्री फूलमा अझै आत्मनिर्भर हुन नसकेको अवस्था छ।

सयपत्री फूल आत्मर्निभरका हिसाबले उत्पादन गर्दा आन्तरिक बजारमा खपत नहुने भएकाले छिमेकी राष्ट्र भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको अध्यक्ष तामाङले बताए।

 ‘तिहारको पाँच दिनलाई लक्षित गरेर उत्पादन गर्दा २ सय २५ दिन फूल खेर जान्छ। र बाहिर निर्यात गर्नुपर्‍यो। भारतसँग हामीले प्रतिस्पर्धा गर्न सक्दैनौँ। हाम्रो नजिकको बजार भनेको भारत हो। भारत सरकारले मल, बिउ, बिरुवा सबै अनुदानमा उपलब्ध गराउँछ’, उनले भने, ‘नेपालमा त्यस्तो छैन। नेपालमा लागत पनि बढ्छ। भारत र चाइनालाई बेच्न सक्दैनौँ। जसले गर्दा सयपत्रीमा आत्मनिर्भर हुन सकेका छैनौँ।’

सयपत्री फूलमा आत्मनिर्भर हुन नसके पनि उत्पादन भने हरेक वर्ष बढिरहेको उनले बताए। तर केही दिनअघि आएको अविरल वर्षाका कारणले फूलमा निकै क्षति पुर्‍याएको उनले बताए।

‘चितवन, मकवानपुर र धादिङमा सयपत्री फूलमा २० प्रतिशत क्षति भएको छ’, उनले भने, ‘लुम्बिनी प्रदेशको रुपेन्देही नवलपरासी, पाल्पा दाङ, गुल्मीमा पनि व्यापक क्षति भएको छ। कैलाली र कञ्चनपुरमा पनि ७० प्रतिशतसम्म क्षति भएको छ।’

तर सिन्धुली, बारा, सर्लाही, धनुसा र सिराहामा धेरै क्षति नभएको उनले जानकारी दिए। फूल क्षति भएका कारण यसपाली माला केही महँगो हुनसक्ने उनको भनाइ छ।

‘होलसेलमा १ मिटर मालाको ५५ देखि ६० रुपैयाँ पर्छ। तर बजारमा बजारमा ३ मिटर ४ मिटरको माला पाइन्छ’, उनले भने, ‘त्यो महँगो हुन्छ। त्यसमा व्यापारी साथीहरुले आफ्नो नाफा समावेश गरेर विक्री गर्छन्। अझै भर्खरै आएको वर्षाका कारण थोरै महँगो हुन्छ। तर डिमाण्ड भएर आपूर्ति कम भयो भने बढ्ने अवस्था हो। अहिले त्यस्तो अवस्था छैन। जसका कारणले मूल्य ह्वात्तै बढ्ने अवस्था छैन।’

विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ। नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ। नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन्।

उनका अनुसार नेपाल करिब ९१ प्रतिशत फूलमा आत्मनिर्भर भएको छ। कोभिडले गर्दा केही पछाडि परेको उनले बताए। ‘अहिलेसम्म नेपाल आत्मर्निर भइसकेको हुन्थ्यो। कोभिड सुरु भएयता अलि उत्पादनमा कमि आएको हो। किनभने थप लगानी गर्ने वातावरण भएन। व्यापार नहुने वातावरणले लगानीकर्ताहरुले थप लगानी गरेनन्। थप लगानी नभएका कारणले उत्पादन घटेको छ’, उनले भने।

विगत १६ वर्षदेखि फूल व्यवसाय गर्दै आएकी शिखा नर्सरीकी सञ्चालक सावित्री सञ्जेका अनुसार तिहारमा सयपत्री फूलको व्यवसाय राम्रै हुन्छ। ‘तिहारका लागि भनेर ५ हजार बिरुवा रोपेकी थिएँ’, उनले भनिन्, ‘अब एक डेढ हजार मात्र बाँकी छ।’

फूलमा राम्रो आम्दानी भए पनि व्यवसाय दिगो रुपमा एक ठाँउमा गर्न नपाउँदा आम्दानी घटेको उनले गुनासो गरिन्।

‘जमिन भाडामा लिएर फूल खेती गरिन्छ। तर एक ठाँउमा राम्रोसँग गर्न सकिँदैन। जमिनको मालिकले घर बनाउनु पर्‍यो भनेर व्यवसाय गरेको केही समयमा र्फिता माग्छ’, उनले गुनासो गर्दै भनिन्, ‘यदि सरकारले खाली जमिनमा हामीलाई फूल खेती गर्न दिएमा सरकारलाई राजश्व पनि हुने, ठाँउ सफा र हराभरा तथा सुन्दर पनि देखिन्थ्यो।’

सरकारको यसतर्फ ध्यान जान जरुरी रहेको उनले बताइन्। उनले अहिले १ रोपनीमा नर्सरी गर्दै आएकी छन्। जसको भाडा उनले मासिक २५ हजार रुपैयाँ तिर्नुपर्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?