बागमतीमा आज मुख्यमन्त्री शाक्यको विश्वासको मतमा मतदान हुँदै

बागमतीमा आज मुख्यमन्त्री शाक्यको विश्वासको मतमा मतदान हुँदै
+
-

काठमाडौँ – बागमती प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बागमती प्रदेशसभा बैठकमा बुधबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतका लागि पेश गरेको प्रस्तावमाथि मतदान हुने तयारी छ। गएको बिहीबार प्रस्तावमा छलफल सुरु भएको थियो। एमालेको कात्तिक ६ गते वडा तहको अधिवेशन र ९ गते पालिका तहको अधिवेशन रहेको कारण देखाउँदै बैठक सारिएको थियो।

गएको बिहीबार मुख्यमन्त्री शाक्यले आफूलाई विश्वासको मत दिनका लागि आग्रह गरेकी थिइन्। आफू नेतृत्व र एमालेकै अघिल्लो सरकारले गरेका कामको फेरिस्त सुनाउँदै शाक्यले विश्वासको मतका लागि आह्वान गरेकी थिइन्।

प्रस्तावमाथिको छलफलमा भाग लिँदै माओवादीका नेता शालिकराम जमरकट्टेल, कांग्रेसका इन्द्र बानियाँ र नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डेले व्यक्तिगत रुपमा शाक्य राम्रो व्यक्ति भए पनि प्रतिगमनकारी केपी ओलीको पक्षमा लागेकोले समर्थन गर्न नसक्ने बताएका थिए।

गठबन्धनका नेताहरुले मुख्यमन्त्री शाक्यलाई पदबाट राजीनामा दिन सुझाव दिएका थिए। गठबन्धनले मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई अघि सार्ने निर्णय गरेको छ। ११० सदस्यीय प्रदेशसभामा गठबन्धनको पक्षमा ५९ जना सांसद छन्। विभाजनपछि एमालेसँग ४३ जनामात्रै सांसद छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष