मुख्यमन्त्रीमा पाण्डेसँगै यी सांसदहरुले खाँदैछन् मन्त्रीको शपथ

मुख्यमन्त्रीमा पाण्डेसँगै यी सांसदहरुले खाँदैछन् मन्त्रीको शपथ
+
-

काठमाडौँ – बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डेसहित ४ प्रदेश सांसदले बिहीबार दिउँसो मन्त्रीको शपथ लिँदै छन्।

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डेले मुख्यमन्त्रीको शपथ लिँदा एकीकृत समाजवादीकै कृष्ण खनाल, एकीकृत माओवादीका कुमारी मोक्तान र नेपाली कांग्रेसका कृष्णलाल भँडेलले मन्त्रीको शपथ लिने भएका हुन्।

नेपाली कांग्रेस प्रदेश संसदीय उपनेता कृष्णलाल भँडेलले बिहीबार ३ः१५ बजे आफूहरुको शपथ ग्रहण हुने जानकारी दिए। उनले आफूहरुको मन्त्रालय भने टुंगो नलागिसकेको बताए। ‘आज ३ः१५ बजे शपथग्रहण छ’, उपनेता भँडेलले भने, ‘तत्काललाई मुख्यमन्त्रीसँगै हामी ३ जनाले मन्त्रीको शपथ लिने भन्ने छ।’

बागमती प्रदेशमा संघीय सरकार गठनमा गठबन्धन गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी तथा संघीय समाजवादीका ५९ प्रदेश सांसदहरुको समर्थनमा एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डेले बुधबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका हुन्। प्रदेश प्रमुख शर्माले बिहीबार दिउँसो ३ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका थिए।

११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ जना सांसद चाहिनेमा गठबन्धनले ५९ जना सांसदको हस्ताक्षर बुझाएको समाजवादीका सांसद बसन्त मानन्धरले जानकारी दिए। जसमा माओवादी केन्द्रका २३, कांग्रेसको २२, नेकपा (एकीकृत समाजवादी) का १३ र जसपाका एकजना प्रदेश सभाका सदस्य छन्।

बिहीबार दिउँसो ३ः१५ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय भएको छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि बिहीबार नै प्रदेशसभामा राजीनामा घोषणा गरेकी थिइन्।

यो पनि पढ्नुहोस्

बागमतीमा मुख्यमन्त्रीमा पाण्डेको दाबी पेश, भोलि ३ः१५ बजे शपथ

बागमतीमा मुख्यमन्त्रीमा पाण्डेको दाबी पेश, भोलि ३ः१५ बजे शपथ

राजीनामा घोषणा गर्दै मुख्यमन्त्री शाक्यले भनिन्- संस्कारयुक्त राजनीति अघि बढाउन मार्गप्रसस्त गरेँ

राजीनामा घोषणा गर्दै मुख्यमन्त्री शाक्यले भनिन्- संस्कारयुक्त राजनीति अघि बढाउन मार्गप्रसस्त गरेँ

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष