भक्तपुरमा धानका बालामा भुसमात्रै

भक्तपुरमा धानका बालामा भुसमात्रै
+
-

भक्तपुर – विगतका वर्षमा धेरै फलेको भन्दै चिनियाँ हाइब्रिड धान लगाउनेहरुको यो वर्ष भने उत्पादन शून्य भएको छ। एक रोपनी जग्गामा आठ–दश मुरीसम्म चिनियाँ हाइब्रिड धान उत्पादन भएकोमा यो वर्ष धानका बाला नै नलाग्दा किसान ठगिएका छन्।

गतसाता देशभर बाढी–पहिरोले धान बाली नष्ट भएको समाचारले दुःखी बनाएको अवस्थामा भक्तपुरका किसानले लगाएको धानका बालामा दाना नलाग्दा खाद्यान्नको अभाव हुने सम्भावना बढेको छ। भक्तपुरका किसानले लगाएको धानमा भुसमात्र रहेका छन्।

भक्तपुरका चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा अधिकांश किसानले चिनियाँ हाइब्रिड डीवाई २८ धान लगाएको पाइएको छ। चिनियाँ धान डीवाई २८ अघिल्लो वर्ष राम्रो फलेको देखेर यो वर्ष पनि डीवाई २८ लगाएका किसान बढी मर्कामा परेका छन्। सात रोपनी खेत पूरै परालमात्र भएको चाँगुनारायण नगरपालिका– ६ नगरकोटका किसान विजय लामाले जानकारी दिए।

त्यस्तै सोही स्थानकी सावित्री श्रेष्ठले बढी फल्ने धान लगाउन पाए हात मुख जोड्न सजिलो हुन्छ भनेर डीवार्ई २८ चिनियाँ हाइब्रिड धान लगाउँदा गेडा नै नलाग्दा अब के खाने भन्ने अवस्थामा आफू पुगेको सुनाइन्।

चिनियाँ धानको बीउमा स्थानीय रुपमै उत्पादन भएको धान मिसाएर व्यापारीहरुले बिक्री गरेको हुनसक्ने कृषक समूह महासंघ भक्तपुर जिल्ला अध्यक्ष टेकबहादुर लाखाजूले बताए। ‘एउटै गरोमा रोपेको केही धान फलेका र अधिकांशमा बालामा चामल नै नपसेको भुसमात्र फलेको देख्दा उताबाट ल्याएको धानको बीउमा यहाँ अघिल्लो वर्ष फलेको धान मिसाएर बिक्री गरेको स्पस्ट देखिन्छ’, उनले भने ।

नगरकोट क्षेत्रका ७० प्रतिशत किसानले यही धान लगाएकोमा कसैको पनि रोपनीमा एक मुरीभन्दा बढी धान नआउने किसानहरुले बताएका छन्। धानको बीउ किलोको ८५० भन्दा बढी पर्ने भएकाले विचौलियाले व्यापारीको मिलेमतोमा स्थानीय धान मिसावट गरेको किसानहरुले आरोप लगाए। किसानहरुले धान नफलेको विषयमा राज्यस्तरबाट नै अध्ययन गर्नुपर्ने माग राखेका छन्।

धानको बाला नलागेको बोटको जरा सेतो छ। बाला लागेको धानको जरा र काण्ड रातो छ। यसरी हेर्दा बीउ आयात गर्ने कम्पनीहरुको लापरबाहीले सोझा किसान ठगिएको स्पष्ट हुन्छ। केही वर्ष अगाडि पूरै भक्तपुरमा लगाएको डीवाई ६९ धानमा पनि यसरी नै भुसमात्र लागेको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष