बारीको पाटाभरि ढकमक्क सयपत्री फूल

बारीको पाटाभरि ढकमक्क सयपत्री फूल
+
-

बनेपा – काभ्रेपलाञ्चोकको अग्लो रमणीय पर्यटकीयस्थल कामीडाँडाका किसान मर्दनसिं तामाङले फूल खेती गरेर आम्दानी गर्दै आएको दुई वर्ष भयो। उनले घरबारीमा मौसमअनुसारको सयपत्री फूल खेती गरेर आम्दानी गर्दै आएका हुन्।

फूलैफूलको मौसम हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा घर नजिकैको बारीमा उनले चिया खेतीसँगै मौसमअनुसार फूल खेती गरेर आम्दानी गर्न थालेका छन्। ‘गत वर्षदेखि सुरु गरेको फूल खेतीले पनि अरु बालीभन्दा राम्रो आम्दानी हुने रहेछ’, उनले भने, ‘यसपालि दुई रोपनी जग्गामा सयपत्री फूल लगाएको छु।’

उत्पादन भएको फूल व्यवसायीले गाउँमा नै किन्न आउने भएपछि खेती गर्न थालेको उनले बताए। गाउँमा व्यावसायिक रुपमा फूल खेती गर्ने उनीमात्रै भए पनि व्यवसायीले गाउँमा नै किन्न आउने गरेपछि केही वर्षयतादेखि कामीडाँडाका किसानले घरआँगनमा नै फूल्ने फूललाई अलिअलि स्याहार गर्दै १०/१५ किलोसम्म बिक्री गर्न थालेको उनले बताए।

सो ठाउँमा उत्पादित फूल किलोमा १०० र माला उनेर बिक्री गर्दा प्रतिमाला रु २०० सम्म बिक्री हुने उनले बताए। यो वर्ष दोस्रो पटक परीक्षणका लागि लगाएको सयपत्री मन नै लोभ्याउने गरी फुलेको उनी बताउँछन्।

पहिलो वर्ष एक रोपनी जग्गामा मात्रै सयपत्री लगाइएकोमा यस वर्ष बढाएर दुई रोपनीमा गरिएको छ। चिया खेतीमा मात्रै विशेष ध्यान दिएर काम गरिरहेको भए पनि फूल व्यवसायबाट पनि आम्दानी हुन थालेपछि त्यसतर्फ पनि चासो दिएको उनको भनाइ छ। केही दिनअघि परेको वर्षा र हुरीका कारण फूलको बोट ढलेर क्षति पुगेको छ।

चिया खेतीबाहेक सँगैको बारीमा लगाएको फूल खेतीले अरुलाई पनि व्यावसायिकतातर्फ लाग्न उत्प्रेरित गरेको स्थानिय वासिन्दा बताउँछन्। उत्पादन भएको फूल गुणस्तरीय भएको र तिहारमा मालाको रूपमा बिक्री गर्ने गरी तयारीमा रहेको उनले बताए।

उनले सो ठाउँमा व्यावसायिक रुपमा चिया खेती सुरु गरेर विगत तीन वर्षदेखि आम्दानी गर्दै आएका छन्। उनले करिब २५ रोपनी जग्गामा चिया खेती गर्दै आएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष