मनाङ जाँदै राष्ट्रपति भण्डारी

मनाङ जाँदै राष्ट्रपति भण्डारी
+
-

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ जाँदै छन्। अवलोकन भ्रमणका लागि उनी मनाङ जाने लागेकी हुन्। मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिए।

‘मनाङमा उहाँले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्नु हुनेछ’, उनले भने, ‘त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत उहाँले अवलोकन गर्नु हुनेछ।’

जलवायु परिवर्तनका कारण मनाङमा देखापरेका समस्या र अवस्थाका बारेमा पनि राष्ट्रपति भण्डारीले जानकारी लिने बताइएको छ। मनाङका हिमाली क्षेत्रमा समेत गत असारको बाढीपहिरोले प्रभाव पारेको छ। यसको न्यूनीकरण गर्न तथा बाढीले ध्वस्त बनाएका यातायात विद्युतलगायतका स्थानीय संंरचनाहरूको पुनर्निर्माणका लागि स्थानीय सरकारका जनप्रतिनिधिले प्रयास गरिरहेका छन्।

बाढीका कारण केही समय यातायातबाट विच्छेद भएको मनाङलाई अहिले आधारभूत मार्गले भने जोडिएको छ। त्यस्तै ध्वस्त भएका संरचनाको पुनर्निर्माण गरी मनाङमा विद्युत सेवा पनि पुनः सञ्चालनमा ल्याइएको छ।

राष्ट्रपति भण्डारीले अवलोकन गर्ने स्याउ फार्म नेपालकै सबैभन्दा ठूलो हो। यो फार्म मनाङको ङिस्याङ गाउँपालिका– १ भ्राताङमा पर्छ। मनाङको चामेबाट फार्म करिब तीन किलोमिटर टाढा पर्दछ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष