भक्तपुरे कुमालेलाई पाला बनाउन भ्याइनभ्याइ

भक्तपुरे कुमालेलाई पाला बनाउन भ्याइनभ्याइ
+
-

भक्तपुर – तिहार लागेसँगै भक्तपुरमा माटोका पाला बनाउन कुमालेहरुलाई भ्याइनभ्याइ भएको छ। दीपावलीको समय आएपछि भक्तपुर नगर तथा मध्यपुर थिमिका प्रजापति समुदाय तथा माटाका भाडा बनाउने क्षेत्रका बासिन्दा काममा व्यस्त भएका हुन्।

उनीहरु मागअनुसार पाला बनाउन भने नसकेको बताउँछन्। अन्य समयमा दैनिक दुई दर्जन पनि बिक्री नहुने पाला तिहारको समयमा एकै कुमालेले एक लाखभन्दा बढी बिक्री गर्ने गरेको व्यवसायीहरु बताउँछन्। गत वर्ष कोरोनाका कारण बिक्री नभए पनि यस वर्ष मागअनुसारको परिपूर्ति गर्न नसकेको व्यवसायी सुमित्रा प्रजापतिको भनाइ छ।

उनका अनुसार माटो अभावका कारण पाला बनाउन समस्या भएको छ। जताजतै प्लानिङ र बस्ती विकासका कारण पालालगायतका माटाका भाँडा बनाउने पेशा संकटमा परेको अर्का व्यवसायी मंगलराम प्रजापतिको गुनासो छ। पालामात्र नभएर माटोका भाँडा बनाउँदा विशेषगरी माटोको समस्या तथा माटोका भाडाहरु पोल्न स्थानको अभावसमेत हुने गरेको उनी बताउँछन।

उपत्यका तथा बाहिरका बासिन्दाहरुका लागि भक्तपुरमा बनाइएको पाला निकै परिचित छ। यसको मौलिक परिचयका कारण उपत्यकाबाहिर काभ्रे, सिन्धुपाल्चोक, पोखरा, धरानलगायतका जिल्लाबाट समेत भक्तपुरसम्म पाला किन्न आउने गरेका छन्।

भक्तपुरमा दीपावलीमा पालामात्र नभएर लाखबत्ती बालिने पाला, विभिन्न माटाका भाँडा, दही जमाउने कतारोलगायत भक्तपुरमै बन्दै आएका छन्। हाल नयाँ व्यवसायका रुपमा विभिन्न हटिया लगायतका चिया पसल एवं दहीको लागि ग्राहकले दिएको साइज र डिजाइनमा पनि प्रजापतिहरुले माटोका भाँडा बनाउँदै आएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष