केपी ओली गफाडी हुन् – माधवकुमार नेपाल

केपी ओली गफाडी हुन् – माधवकुमार नेपाल
+
-

भक्तपुर – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गफाडीको संज्ञा दिएका छन्। एमाले गफाडीहरुको जमात भएको भन्दै उनले सरकारमा हुँदासमेत केपी ओलीले गफबाहेक अरु नगरेको आरोप लगाए।

नेकपा एकीकृत समाजवादी मध्यपुर थिमि नगर सङ्गठन कमिटीले बिहीबार बालकुमारीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘एमाले गफाडीहरुको जमात हो। केपी ओलीले गफबाहेक अरु गर्नै जानेको छैन। काम गर्ने कम, गफ गर्ने ज्यादा। गाउँघरमा त्यस्तालाई गफाडी भनिन्छ।’

नेता नेपालले आफ्नो पार्टी भने कामकाजी भएको र पार्टीप्रति सोचेभन्दा बढी जनताको आशा रहेको दावी गरे। उनले एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी जन्मिएको सुनाए।

‘त्यहाँ बस्नै नसक्ने, सबै ढोका बन्द गरिसकेपछि, निस्सासिँदै निस्सासिएर पनि बस्न नपाएपछि विद्रोह गरेका हौं’, उनले भने, ‘एमालेभित्र दास भएर बस्न अस्वीकार गरिसकेपछि र भजनकीर्तनबाहेक आलोचनात्मक चेतका साथ बस्न नपाएपछि हामीले पुष्पलालको नीतिअनुसार नयाँ कम्युनिष्ट पार्टी स्थापना गरेका हौं।’

उनले कम्युनिष्ट पार्टीमा नीति प्रधान हुन्छ, नेता प्रधान हुँदैन भने। ‘कम्युनिष्ट पार्टीमा विचार प्रमुख कुरा हो’। नेता नेपालले थपे, ‘विचारले नै जनतामा विश्वास पैदा गर्छ। सही विचार भएपछि आत्मविश्वास पलाउँछ।’

उनले अब एकीकृत समाजवादी पार्टीको मात्रै भविष्य रहेको भन्दै जिल्ला, नगर र वडा हुँदै टोल–टोलमा पार्टी संगठन विस्तार गर्दै पार्टी सदस्यता बढाउँदै लानु पार्टी नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए।

एकीकृत समाजादीलाई निर्वाचनमा जिताउन आह्वान गर्दैै उनले अब समाजवादको यात्रामा जाने बेला आएको स्पष्ट पारे। ‘समाजवाद भनेको न्याय हो। समानता, सुख, समृद्धियुक्त समाजको निर्माण हो’, उनले भने, ‘गरिबी, अभाव र बेरोजगारीलाई अन्त्य गर्ने उद्देश्य बोकेर समाजवादी झण्डा फहराउँदै अघि बढ्ने हो।’

उनले एमालेमा रहेका पार्टी नेता कार्यकर्तालाई आफ्नो पार्टीमा आउनसमेत आह्वान गरे। जतिखेर आए पनि पार्टीमा ढोका खुला रहेको बताउँदै नेता नेपालले भने, ‘एमालेमा बसेर पछुताइरहनुभएको, तपाईँहरूले त्यहाँ हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो, अब त फर्केर आए पनि हुन्छ, त्यहाँ अपमान, निन्दा, पीडा सहेर किन बसेको, एमालेमा पछुताउँदै बस्नु पर्दैन, अझै केही बिग्रिएको छैन, आउनोस् १० नेतालाई हाम्रो पार्टीमा ढोका खुला छ, स्वागत छ।’

उनले आफूहरूसँग कसैले टक्कर लिन्छ भने त्यो टुक्रा–टुक्रा हुन्छ भन्दै अहङ्कार अब धेरै दिन नटिक्ने बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष