भ्रम फैलाउने प्रतियोगिता भए ओलीले ओलम्पिक नै जित्छन् – प्रकाशमान सिंह

भ्रम फैलाउने प्रतियोगिता भए ओलीले ओलम्पिक नै जित्छन् – प्रकाशमान सिंह
+
-

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको विकासका लागि कांग्रेसको विकल्प नरहेको बताएका छन्। नेपालका कम्युनिष्ट पार्टीहरुले जनतामा भ्रममात्रै सिर्जना गरेको भन्दै उनले कांग्रेसमात्रै भरोसा गर्ने पार्टी भएको बताएका हुन्।

नेपाल संवत ११४२ न्हु दँको अवसरमा राजधानीको बुद्धनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले भने, ‘कम्युनिष्टहरुले जनतामा भ्रम फैलाएर भोट माग्छन्। भ्रम फैलाउने प्रतियोगिता भए ओलम्पिक जित्छन् केपी ओलीले। संसारभरमै यति झूटो र भ्रम फैलाउने काममा नेपालका कम्युनिष्टहरुले मात्रै सक्छन्।’

पहिलो संविधानसभापछि चार जना कम्युनिष्ट प्रधानमन्त्री बन्दा पनि संविधान बनाउन नसकेको उनको आरोप थियो। ‘दोस्रो संविधानसभामा कांग्रेसको सरकार बन्यो। संविधान पनि बन्यो’, नेता सिंहले, ‘अघिल्लो निर्वाचनपछि दुईतिहाइको कम्युनिष्ट सरकार बन्यो तर काम गर्न सक्यो त?’

काम गर्न सक्ने नेता र पार्टीलाई मतदाताले जिताउनुपर्नेमा उनले जोड दिए। उनले काम नगर्ने तर लोकप्रिय नारा दिएर मतदातालाई प्रभावित गर्ने काम भइरहेको टिप्पणी गरे।

नेता सिंहले नयाँ नारामात्रै दिएर राजनीति सम्भव नहुने स्पष्ट पारे। ‘मेरो निर्वाचन क्षेत्रलाई एलिटहरु बस्ने ठाउँ भन्छन्। पढेलेखेका मतदाता छन्। चुनावका बेलामा नयाँ नयाँ पार्टीहरु आउँछन्। काम केही गरेको हुँदैन तर नयाँ र आकर्षक नारा दिएर मतदाता प्रभावित हुने अवस्था छ’, उनले भने, ‘पार्टी सानो छ, तर पटकपटक विभाजित भएको छ। आफ्नै पार्टी जोगाउन नसक्ने तर ठूला कुरा गर्नेहरुको पर्दाफास भएको छ।’

उनले जनतालाई विश्वास दिलाउन सक्ने व्यक्तिमात्रै नेता हुने बताए। ‘पोलिटिक्सको ‘पी’ पनि नजान्ने तर नयाँ नारा दिनेहरुबाट जोगिनुपर्छ। जनतालाई विश्वास दिलाउनुपर्‍यो’, नेता सिंहले भने, ‘गफ गरेरमात्रै हुँदैन। काम गर्नुपर्‍यो। काम गर्न सजिलो छ र?’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष