खाद्यान्नको मूल्य विश्वभर नै पछिल्लो एक दशक यताकै उच्च

खाद्यान्नको मूल्य विश्वभर नै पछिल्लो एक दशक यताकै उच्च
+
-

विश्वव्यापी रुपमा खाद्यान्नको मूल्य पछिल्लो एक दशक यताकै उच्च भएको संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संस्था (एफएओ) ले जनाएको छ।

गएको वर्ष मात्रै खाद्यन्नको मूल्य ३० प्रतिशत भन्दा बढीले वृद्धि भएको र विश्वव्यापी रुपमा खाद्यन्नको मूल्य पछिल्लो एक दशक भन्दा बढी समय यताकै उच्च विन्दुमा पुगेको उल्लेख छ ।

एफएओका अनुसार विश्वभर नै खाद्यन्न तथा खाने तेलको मूल्य तीव्र गतिमा बढेको छ । गएको अक्टोबरमा झण्डै १० प्रतिशतले बढेपछि खाने तेलको मूल्य अहिलेसम्मकै उच्च भएको थियो ।

आपूर्तिमा अवरोध, कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि, उद्योग बन्द हुनु तथा राजनीतिक द्वन्द्वकले मूल्य वृद्धिमा सहयोग गरेको हो ।

एफएओका अनुसार खाद्यान्नको मूल्य गएको वर्ष अघिल्लो वर्षको तुलनामा २२ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

पछिल्लो १२ महिनामा सबैभन्दा धेरै गहुँको मूल्य झण्डै ४० प्रतिशतले बढेको छ । क्यानडा, रुस तथा अमेरिकासहितका देशमा गहुँको खेती प्रभावित हुँदा मूल्य अत्यधिक भएको हो ।

खाद्यान्न उत्पादनमा जलवायु परिवर्तनको नकारात्मक असरले गम्भीर प्रभाव परेको कृषि व्यवसायका विज्ञ पिटर बाटले बताएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?