जनकपुरधाममा दुई समुदायबीच भएको घटनामा सहमति

जनकपुरधाममा दुई समुदायबीच भएको घटनामा सहमति
+
-

जनकपुरधाम – जनकपुरधाम हिन्दू र मुस्लिम समुदायबीच भएको विवादको टुंगो लागेको छ। जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा भएको विवादमा जिल्ला प्रशासन कार्यालय धनुषामा दुबै पक्षबीच ७ बुँदे सहमति भएको छ।

स्थानीय प्रशासनको पहलमा दुवै पक्षसँग सोमबार बृहत् छलफलपश्चात् ७ बुँदे सहमति भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए।

छठ पर्वमा स्थानीय तेलिया पोखरीमा घाट निर्माणको विषयलाई लिएर दुई समुदायबीच भएको विवादले उग्ररुप लिएपछि झडप भएको थियो। घटनामा हुन सक्ने सम्भावित घटनालाई रोक्न स्थानीय प्रशासनले सो वडामा निषेधाज्ञा जारी गरेको थियो।

तेलिया पोखरीमा मुस्लिम समुदायले गाडेको झण्डा हटाउने, पोखरी अबदेखि जनकपुरधाम उपमहानगरपालिकाको अधिनमा रहने, पोखरीको सम्पूर्ण व्यवस्थापन तथा रेखदेख एवं संरक्षण उपमहानगरपालिकाले नै गर्ने, दुबै समुदायले एक अर्कालाई सम्मान गर्नेलगायत सहमति भएको छ।

उपप्रमुख रीताकुमारी मिश्रको संयोजकत्वमा ४ जना हिन्दू प्रतिनिधि र ४ जना मुस्लिम प्रतिनिधि रहने गरी सहमति कार्यान्वयनका लागि समितिसमेत गठन गरिएको प्रजिअ बास्तोलाले बताए। दुबै पक्षबीच सहमति भएपछि निषेधाज्ञा हटाइएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?