आज सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा हल्का वर्षाको सम्भावना

आज सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा हल्का वर्षाको सम्भावना
+
-

काठमाडौँ – अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावको कारण नेपालका पाँचवटा प्रदेशमा आज हल्का वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो।

बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। मौसमविद्हरुका अनुसार देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको कारण हाल प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली भई बाँकी प्रदेशहरुमा सामान्यतया बदली रहेको छ।

आगामी २४ घण्टामा देशका अधिकांश भूभागहरुमा बदली भई उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। सो प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा चिसो बढ्ने क्रममा रहेको र तुवालोको कारणले पारदर्शितामा समेत कमी आउनसक्ने महाशाखाले जनाएको छ। त्यसैले सडक तथा हवाई यातायातको क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

महाशाखाका अनुसार शनिबार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?