कांग्रेस कास्कीमा सकियो प्रदेश निर्वाचन क्षेत्र अधिवेशन, को-को निर्वाचित भए?

कांग्रेस कास्कीमा सकियो प्रदेश निर्वाचन क्षेत्र अधिवेशन, को-को निर्वाचित भए?
+
-

पोखरा – नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत कास्कीका सबै प्रदेश निर्वाचन क्षेत्रको मत परीणाम सार्वजनिक भएको छ। मत परीणामअनुसार सबैजसो क्षेत्रमा प्यानलका उम्मेदवार निर्वाचित भएका छन्।

क्षेत्र नम्बर १ (क) को सभापतिमा दुर्गाप्रसाद सुवेदी विजयी भएका छन्। सुवेदीले मुराहरि कोइरालालाई १७ मतले पराजित गरेका हुन्। सुवेदीले २२६ मत ल्याउँदा कोइरालाले २०९ मत पाए। उपसभापतिमा निर्मला ढुंगाना र सुकदेव गुरुङ, सचिवमा शिवराज अधिकारी र ध्रुवराज अधिकारी तथा सहसचिवमा सुवास भण्डारी र विष्णु गुरुङ निर्वाचित भएका छन्।

क्षेत्र नम्बर १ (ख) को सभापतिमा कृष्ण कोइराला विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी अर्जुन गुरुङलाई १५ मत अन्तरले पराजित गरे। कोइरालाले १८८ मत ल्याए भने गुरुङले १७३ मत पाए।

उपसभापति, सचिव र सहसचिवमा पनि प्रतिस्पर्धा भएको छ। अबेर राति सकिएको मतगणनाअनुसार उपसभापतिमा विकास गुरुङ र विष्णुप्रसाद बराल, कर्तीबल्लभ त्रिपाठी र महेश कार्की तथा सहसचिवमा महेन्द्र गुरुङ र रामकुमारी पौडेल विजयी भए।

२ (क) मा दिनेश आचार्य विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी वर्षाकेशव पराजुलीलाई ३० मतले पराजित गरेका हुन्। आचार्यले १२१ मत ल्याउँदा पराजुलीले ९१ मतमात्रै पाए। उपसभापतिमा माधवप्रसाद बराल र चेतबहादुर महत विजयी भए भने सचिवमा टंकप्रसाद भण्डारी र नारायणप्रसाद शर्मा विजयी भए। सहसचिवमा गीता भण्डारी र केशवराज लामिछाने सर्वसम्मत चयन भए।

प्रदेश निर्वाचन क्षेत्र (ख) अन्तर्गत सभापतिमा दीपेन्द्र मर्सानी विजयी भए। मर्सानीले १४२ मत पाए भने निकटतम प्रतिस्पर्धी सुवास सिग्देलले १२० मत पाए। उपसभापतिमा सरिता पराजुली र होमबहादुर बानियाँ विजयी भए भने सचिवमा सुवर्ण केसी र शिरषकुमार बास्तोला निर्वाचित भएका छन्। सहसचिवमा निलम बाटाजु र सुरेश खवास सर्वसम्मत चयन भएका थिए।

क्षेत्र नम्बर ३ (क) को सभापतिमा पुष्पेन्द्र पाण्डे विजयी भएका छन्। उनले १६६ मत ल्याउँदा निकटतम दीपकराज पौडेलले १५६ मत पाए। उपसभापतिमा धनबहादुर थापा र दिलीप गिरी विजयी भए भने सचिवमा गंगाबहादुर गुरुङ र प्रकाशचन्द्र सापकोटा तथा सहसचिवमा अनिल गुरुङ र विष्णुप्रसाद अधिकारी विजयी भएका छन्।

क्षेत्र नम्बर ३ (ख) को सभापतिमा जीवनाथ पौडेल ‘शंकर’ नयाँ सभापति बनेका छन्। उनले निकटतम प्रतिस्पर्धी दीपकवीर कुँवरलाई १०३ मतको फराकिलो अन्तरले हराउँदै सभापति बनेका हुन्। पौडेलको २२७ र कुँवरको १२४ मत छ। उपसभापतिमा पदमबहादुर गुरुङ, पार्वतीदेवी कोइराला निर्वाचित भए भने सचिवमा ठाकुर बराल र बाबुराम भण्डारी तथा सहसचिवमा चित्रबहादुर गुरुङ र भीममाया सुवेदी निर्वाचित भएका छन्।

प्रदेश निर्वाचन क्षेत्रको कार्यसमितिसहित प्रदेश अधिवेशन प्रतिनिधि पनि निर्वाचित भएकाे निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिए। विधानअनुसार प्रत्येक क्षेत्रबाट १७ जना प्रतिनिधि छनोट भएका छन्। खुलातर्फ ७, महिला ३, खस आर्य खुला २, खस आर्य महिला १, आदिवासी जनजाति खुला, आदिवासी जनजाति महिला, दलित, अल्पसंख्यक तथा अपांगता कोटाबाट १-१ जना निर्वाचित भएका छन्। अब मंसिर ६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतको अधिवेशन हुनेछ। – न्युज कारखाना

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष