फेसबकुमा जलवायु परिवर्तन सम्बन्धी गलत तथा भ्रामक जानकारीसहितका विज्ञापनलाई ‘प्रमोट’

फेसबकुमा जलवायु परिवर्तन सम्बन्धी गलत तथा भ्रामक जानकारीसहितका विज्ञापनलाई ‘प्रमोट’
+
-

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन जारी रहेका बेला फेसबुकमा जलवायु परिवर्तन सम्बन्धी गलत तथा भ्रामक दाबीसहितका विज्ञापनहरु बढी मात्रा प्रसारित गरेको पाइएको छ ।

फेसबुकका अन्तर्राष्ट्रिय मामिला सम्बन्धी उपाध्यक्ष निक क्लेगले हालै प्रकाशित गरेको ब्लगमा जलवायु परिवर्तन सम्बन्धी गलत जानकारीहरु नियन्त्रण गर्न कम्पनी प्रतिवद्ध रहेको बताएका थिए ।

तर स्कट्ल्याण्डको ग्लास्गोमा कोप–२६ सुरु भएसँगै अमेरिकी ‘कन्जरभेटिभ’ सञ्चार संस्था न्यूजम्याक्सको विज्ञापन फेसबुकमा ‘प्रमोट’ गरिएको थियो । सो विज्ञापनमा जलवायु परिवर्तनको कारक विश्वव्यापी तापमानवृद्धिलाई झुठ भनिएको थियो । जलवायु परिवर्तनलाई ‘होक्स’ अर्थात झुठ भनिएको सो विज्ञापनलाई फेसबुकले स्थान दिएको हो ।

हालै मेटाका रुपमा आफ्नो नाम परिवर्तन गरेको फेसबुकसँग अहिलेसम्म जलवायु परिवर्तन सम्बन्धी गलत जानकारीयुक्त विज्ञापन वा पोस्टहरुलाई लिएर स्पष्ट व्यवस्था छैन ।

तर गुगलले गएको महिना युट्युबसहित आफ्ना अरु सेवाहरुमा जलवायु परिवर्तन सम्बन्धी वैज्ञानिक जानकारीहरुसँग बाझिने खालका सामग्रीरहेका विज्ञापन नलिने घोषणा गरेको थियो । तर गलत जानकारीबारे भएका छलफल सम्बन्धी सामग्रीहरु भने स्वीकार गर्ने गुगलको भनाई छ ।

फेसबुकको हकमा भने यस्तो नीति छैन । उसले कुनै पनि पोस्ट तत्काल हानी हुने नदेखिएसम्म हटाउँदैन । फेसबुकले कोभिड–१९ सम्बन्धी गलत जानकारीहरुलाई पनि फैलिन सहयोग गरेको थियो ।

अब जलवायु परिवर्तन सम्बन्धी गलत तथा भ्रामक जानकारी फेसबुकमा आउने गरेको समाचार संस्था रोयटर्समा प्रकाशित समाचार उल्लेख छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष