नेपाली कांग्रेस १४ औँ महाधिवेशन

सकियो ललितपुर र स्याङजामा सबै प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन

सकियो ललितपुर र स्याङजामा सबै प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन
+
-

ललितपुर – नेपाली कांग्रेस ललितपुर र स्याङजाका सबै प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ।

ललितपुरका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ। शुक्रबार भएको प्रदेशसभा अधिवेशनले यी निर्वाचन क्षेत्रमा नयाँ नेतृत्वको निर्वाचन र सर्वसम्मतमार्फत चयन गरिएको हो।

ललितपुर १ (क) मा मिलन सिलवाल र (ख) मा जगतबहादुर सभापतिमा चयन भए। ललितपुर २ (क) मा दिवाकर नेपाल र (ख) मा चन्द्रमान महर्जन निर्वाचित भए। क्षेत्र नं ३ (क) को प्रदेशसभा सभापतिमा वीरेन्द्र महर्जन निर्वाचित हुँदा (ख) मा सुरेन्द्र डंगोल निर्वाचित भए।

ललितपुर कांग्रेस निर्वाचन समितिका संयोजक लोक कार्कीका अनुसार नवनिर्वाचित पदाधिकारीको विवरण शनिबार औपचारिक रुपमा सार्वजनिक गरिनेछ।

त्यसैगरी कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका चारवटै प्रदेशसभामा सभापतिसहितको पदाधिकारी निर्वाचित भएका छन्।

स्याङ्जा क्षेत्र नं १ प्रदेशसभा (क) को सभापतिमा केशरबहादुर खाँण र (ख) मा प्रकाश तिवारी, २ को (क) मा अर्जुनप्रसाद खनाल र (ख) मा महेश भट्टराई निर्वाचित भए।

स्याङ्जा २ (क) मा अर्जुनप्रसाद खनाल ३२७ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी विद्या श्रेष्ठले २५१ मत पाए। त्यस्तै २ (ख) मा महेश भट्टराई ३८२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कमलप्रसाद रेग्मीले १७४ मत प्राप्त गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?