चितवन माछामा आत्मनिर्भर घाेषणा

चितवन माछामा आत्मनिर्भर घाेषणा
+
-

चितवन – नेपाल मत्स्य व्यवसायी सङ्घले चितवनलाई माछामा आत्मनिर्भर भएको घोषणा गरेको छ।

जिल्लामा हाल चार हजार ३८ मेट्रिक टन माछा वार्षिक उत्पादन हुँदै आएको र दुई हजार ६०० मेट्रिक टन खपत हुँदै आएको छ। यहाँ वार्षिक तीन हजार मेट्रिक टन माछाको माग हुने गरेको सङ्घका अध्यक्ष खगेन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार यस वर्ष उत्पादन बढेर ६ हजार ६५३ मेट्रिक टन पुग्ने लक्ष्य राखिएको छ। एक हजार ३०७ व्यावसायिक माछा खेती गर्नेहरु रहेका छन्। जहाँ दुई हजार ८३१ जनाले प्रत्यक्ष रोजगार पाइरहेका छन्।

जिल्लामा उत्पादित माछामध्ये दैनिक दुई टन जिल्ला बाहिरका बजारमा जाने गरेको सो अवसरमा जानकारी दिइयो। जिल्लामा हाल दैनिक एक टन माछा छिमेकी राष्ट्र भारतबाट आउने गरेको भए पनि जिल्लाको बजारलाई यहीको उत्पादनले धान्ने गरेकाले यस जिल्लालाई माछामा आत्मनिर्भर भएको सङ्घले घोषणा गरेको हो। यहाँ उत्पादित माछाको मुख्य बजार चितवन, पोखरा र काठमाडौँ रहने गरेको छ।

जिल्लाका मुख्य बजारमा केही मात्रामा फर्मालिन प्रयोग गरिएका माछा देखिएको भन्दै उनले यसलाई रोक्नका लागि स्थानीय निकायसँग सहकार्यका लागि माग गरिएको बताए। अहिले चितवनको बजारमा एक हजार ५०० मेट्रिक टन बिक्रीका लागि तयारी भए पनि स्टकमा राखिएको छ।

विसं २०३८ सदेखि माछापालन सुरु गरिएको यस जिल्लामा विसं २०६७ देखि व्यावसायिक रुपमा सुरु गरिएको थियो। माडीको गोपालनगर र भरतपुरको शङ्कर चोकमा व्यक्तिगत प्रयोजनका लागि माछा पालिएको भए पनि यसको बिस्तारको अवधि विसं २०४८ बाट सुरु भएको मान्न सकिन्छ। राज्यले माछापालन व्यवसायमा विसं २०४८ बाट अनुदान दिन थालेको थियो। व्यावसायिक हुन नसकेको यो व्यवसाय अहिले आएर व्यावसायिकसँगै आत्मनिर्भर भएको नेपाल मत्स्य व्यवसायी सङ्घ केन्द्रीय महासचिव जोगेन्द्र चौधरीले बताए। उनले भने, ‘राज्यले मत्स्य व्यवसायीलाई आत्मनिर्भर घोषणा गर्नका लागि कुनै निकायले ध्यान दिन नसकेकाले हामी आफैले घोषणा गर्नुपरेको हो।’

यहाँ सात सय हेक्टर क्षेत्रफलमा पोखरी निर्माण गरिएको छ। माछापालनका लागि ५१३ हेक्टर क्षेत्रफलमात्रै प्रयोग भएको छ। नेपालमा अहिले ५५ हजार मेट्रिक टन माछा खपत हुँदै आएको छ। जसमध्ये ३० देखि ४० प्रतिशत नेपालको उत्पादनले धान्दै आएको छ। नेपालमा उत्पादित माछाभन्दा बाह्य बजारबाट आएका माछा व्यवसायीले सस्तोमा पाउने भएकाले नेपाली बजारमा ती माछाको प्रयोग बढ्दो क्रममा रहेको चौधरीको भनाइ छ।

देशभरि ७० प्रतिशत व्यवसायीले विदेशी माछाको प्रयोग गर्ने गरेको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?