प्रधानमन्त्री देउवाले लोकार्पण गरे ‘कांग्रेसको अबको बाटो’

प्रधानमन्त्री देउवाले लोकार्पण गरे ‘कांग्रेसको अबको बाटो’
+
-

काठमाडौँ – नेपाली कांग्रेसकी नेता तथा प्रतिनिधिसभा सदस्य डा डिला संग्रौला पन्तद्वारा लिखित पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त पुस्तकको लोकार्पण गरेका हुन्। पुस्तक लोकार्पणपछि प्रधानमन्त्री देउवाले लेखक नेपाली कांग्रेसकी लोकप्रिय नेता भएको उल्लेख गर्दै पार्टीको महाधिवेशन आइरहेको बेलामा सो पुस्तकले महाधिवेशनका सहभागीहरुलाई पढेर लाभ लिने मौका मिल्ने बताए।

पुस्तक लेखक डा संग्रौलाले नेपाली कांग्रेसलाई आगामी दिनमा कसरी अगाडि बढाउनुपर्छ भन्ने सम्बन्धमा पार्टी भित्र र बाहिर व्यापक बहस सिर्जना गर्ने उद्देश्यले पुस्तक लेखेको बताइन्। उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल मर्ममा टेकेर कांग्रेसका कमिकमजोरीहरुलाई केलाउँदै पुस्तक लेखेको पनि उल्लेख गरिन्।

पार्टीको १४औँ महाधिवेशनमा यो पुस्तकलाई नै एजेण्डा बनाएर आफ्ना साथीहरुसमक्ष लैजाने अठोट गरेको उनले बताइन्।

१३९ पृष्ठको पुस्तक डा डिला संग्रौला पन्तको सचिवालयले प्रकाशन गरेको हो। पुस्तकमा नेपाली कांग्रेसको संक्षिप्त इतिहास, नेपाली कांग्रेसको सैद्धान्तिक स्पष्टता, नेपाली कांग्रेसका उपलब्धिहरु, नेपाली कांग्रेसको अबको बाटो, राष्ट्रवादको कसीमा कांग्रेस, जनताले चाहेको अबको कांग्रेस, अमूल्य योगदानका अग्रजहरु र १४औँ महाधिवेशनका एजेण्डाहरु गरी ८ वटा उपशीर्षकमा लेखहरु लेखिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?