एमाले १०औँ महाधिवेशन

स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश, उद्घाटनस्थलमा दुईवटा एम्बुलेन्सहित दुई औषधोपचारस्थल

स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश, उद्घाटनस्थलमा दुईवटा एम्बुलेन्सहित दुई औषधोपचारस्थल
+
-

भरतपुर – नेपाल कम्युनिष्ट पार्टी एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ। स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश दिने भएको हो।

एमाले महाधिवेशनको बन्दसत्रस्थल सौराहाको होटल सेभेन स्टारमा महाधिवेशन स्वास्थ्य समितिले सबै प्रतिनिधिको स्वास्थ्य परीक्षण गर्ने गरी चिकित्सकसहितका स्वास्थ्यकर्मी परिचालन गरेको समितिका सदस्य लीलाधर पौडेलले बताए। ‘कोभिडको समय भएकाले सबै प्रतिनिधिको अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गर्छौँ’, पौडेलले भने, ‘बन्दसत्र हल नजिकै कोरोना परीक्षण गर्ने एन्टिजेन किट तथा अन्य प्रयोगशालासहित फार्मेसी सेवा प्रदान गर्दैछौँ।’

महाधिवेशनमा भाग लिने प्रतिनिधि रातिको समयमा बिरामी भएको अवस्थामा उनीहरु बसेको होटलमै पुगेर चिकित्सकसहितको स्वास्थ्य प्राविधिक टोलीले उपचार गर्ने पौडेलले बताए।

‘बन्दसत्रस्थल सौराहामा २४सै घण्टा विशेषज्ञ चिकित्सकसहितको उद्धार टोली तयारी अवस्थामा रहनेछ’, पौडेलले भने, ‘त्यहाँ परिचालन भएको चिकित्सकसहितको टोलीले उपचार गर्नेछ र थप उपचार गर्नुपर्ने भएमा हामीले तुरुन्त एम्बुलेन्समा राखेर अस्पताल पुर्‍याउने व्यवस्थासमेत गरेका छौँ।’

बन्दसत्र अवधिमा प्रतिनिधि बस्ने होटल तथा विशिष्ट व्यक्ति बस्ने होटललाई लक्षित गर्दै विशेष एम्बुलेन्ससहितको स्वास्थ्यकर्मी परिचालन गरिएको पौडेलले जानकारी दिए।

त्यस्तै आज शुक्रबार हुने एमाले महाधिवेशनको उद्घाटन सत्रमा हरेक र्‍यालीसँगै स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स परिचालन हुने उनले बताए। महाधिवेशनका लागि विशेषज्ञ चिकित्सक, नर्स, पारामेडिक्स, फर्मासिस्टसहित ३०० बढी स्वास्थ्यकर्मी परिचालन गरिएको पौडेलको भनाइ छ।

त्यस्तै महाधिवेशन उद्घाटनस्थलको छेउमा एउटा र अर्को उद्योग वाणिज्य सङ्घ चितवनको नजिक गरी दुईवटा औषधोपचारस्थल निर्माण गरिएको जनाउँदै पौडेलले नदी किनारमा दुई एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिने बताए।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन आज दिउँसो १२ बजे नारायणी नदी किनारमा हुनेछ। बन्दसत्र भने शनिबार र आइतबार सौराहाको होटल सेभेन स्टारमा हुने गरी तयारी भएको एमालेले जनाएको छ। –रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?