सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न नेताहरु आन्तरिक छलफलमा, नेताहरुको व्यवस्थापन गर्न उपाध्यक्ष थप्ने प्रस्ताव

सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न नेताहरु आन्तरिक छलफलमा, नेताहरुको व्यवस्थापन गर्न उपाध्यक्ष थप्ने प्रस्ताव
+
-

चितवन – नयाँ नेतृत्व सर्वसम्मत चयन गर्न एमालेका शीर्ष नेताहरु बिहानैदेखि आन्तरिक छलफलमा जुटेका छन्। उनीहरु एमाले अध्यक्ष केपी शर्मा ओली बसेको चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टमा आन्तरिक छलफलमा जुटेका हुन्।

सर्वसम्मत नेतृत्व चयन गर्ने रस्साकस्सीमा केपी शर्मा ओली आफ्नो कोरटीमसहित लागिपरेका छन्। त्यस्तै आफ्नो पद सुरक्षित गर्न एमाले नेताहरुले पार्टी अध्यक्ष ओलीसँग चरणबद्ध भेटघाट गरिरहेका छन्। शुक्रबार बिहानै माओवादी केन्द्र छाडेर ओली पक्षमा आएका रामबहादुर थापा बादल ओली बसेको पार्क सफारी रिसोर्ट पुगेका छन्। ओली भेट्ने उनी पहिलो नेता बनेका छन्। भेटमा नेता बादलले आफूलगायत पूर्वमाओवादीहरुकोे पोजिसन स्पष्ट गर्न ओलीलाई आग्रह गरेको बुझिएको छ।

बादल फर्कनेबित्तिकै ओलीको कोर टीमको छलफल सुरु भएको छ। छलफलमा अध्यक्ष ओलीसँगै सुवास नेम्बाङ, ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङलगायतका नेताहरु सहभागी भएका छन्।

उनीहरुबीच सर्वसम्मत नेतृत्व चयन गर्नेबारे गहन छलफल भइरहेको छ। नेताहरुले नयाँ नेतृत्वबारे सर्वसम्मत निर्णय गर्न नसके ओली पक्षबाटै दुई प्यानल बन्ने सम्भावना बढेको छ। एउटा प्यानलको नेतृत्व सुवास नेम्वाङ र विष्णु पौडेलले गर्नेछन् भने अर्को प्यानलको ईश्वर पोखरेल र शंकर पोखरेलले गर्नेछन्। दुइटै प्यानलका अध्यक्ष उम्मेदवार भने केपी ओली हुनेछन्। सुवास नेम्बाङ वरिष्ठ उपाध्यक्ष र विष्णु पौडेल महासचिवमा उम्मेदवार बन्नेछन्। त्यस्तै ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष बन्दा शंकर पोखरेल महासचिवका उम्मेदवार हुनेछन्।

यसले सिंगो पार्टीमा नकारात्मक सन्देश गई महाधिवेशनमा उपस्थिति प्रतिनिधिहरु विभाजित हुने भएपछि नेताहरुको व्यवस्थापन गर्न कोर टीमको छलफलमा उपाध्यक्ष थप्नेबारे प्रस्ताव गरिएको छ।

हालै सम्पन्न विधान महाधिवेशनले एमालेमा वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्षको व्यवस्था गरेको छ। तर पार्टीमा आकांक्षी बढेपछि तिनीहरुको व्यवस्थापन गर्न उपाध्यक्ष पद थप्ने प्रस्ताव छलफलमा आएको एक नेताले बताए तर छलफलमै सहभागी केही नेताहरुले विधान महाधिवेशनबाट पारित व्यवस्थालाई अहिल्यै यताउता गर्न नहुने र त्यो मान्य नहुने धारणा राखेका छन्।

एमालेको १०औँ महाधिवेश आजैदेखि चितवनमा सुरु हुँदैछ। आज मध्याह्न १२ बजे पार्टी अध्यक्ष ओलीले नारायणी किनारमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटनमा सहभागी हुन देशका विभिन्न ठाउँबाट एमाले नेता तथा कार्यकर्ताहरु चितवनमा भेला भइरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?